

पाल्पामा पूजाका लागि मन्दिर जाँदै गरेको जीप दुर्घटना, ४ जना घाइते


पाल्पा । पाल्पामा पूजाका लागि मन्दिर गएका मानिसहरू चढेको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज मङ्गलवार दिउँसो १२ बजेतिर रैनादेवीछहरा गाउँपालिका ३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका चालक रैनादेवी ३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ ।
घाइतेमध्ये रितिक र सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १६ जना चढेका प्रहरीको भनाइ छ ।


खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने






प्रतिक्रिया