पाल्पामा पूजाका लागि मन्दिर जाँदै गरेको जीप दुर्घटना, ४ जना घाइते

पाल्पा । पाल्पामा पूजाका लागि मन्दिर गएका मानिसहरू चढेको जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । आज मङ्गलवार दिउँसो १२ बजेतिर रैनादेवीछहरा गाउँपालिका ३ मा रहेको रैनादेवी मन्दिर जाँदै गरेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका चालक रैनादेवी ३ का ४० वर्षीय खगेन्द्रबहादुर कुमाल, १८ वर्षीय रितिक परियार, १७ वर्षीय सुनिल परियार र २१ वर्षीया सरिता कुमालको सदरमुकाम तानसेनमा उपचार भइरहेको छ ।

घाइतेमध्ये रितिक र सुनिलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा १६ जना चढेका प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

खबर सबै