

कपिलवस्तुको प्रतिनिधि सभा १ र प्रदेशसभा १ मा उठ्ने भए स्वतन्त्र उम्मेदवार, दलका उमेदवारलाई पुग्ला त धक्का ?





कपिलवस्तु । राष्ट्रिय रुपमा केही युवाहरुले सन्चालन गरेको लौरो अभियानको प्रभाव कपिलवस्तुमा समेत परेको छ । स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान नारा दिएर देशभर सन्जाल जोडिरहेको बेला कपिलवस्तुमा समेत यसको प्रभाव परेको हो ।
जिल्लामा आसन्न मंसिर ४ को प्रदेश र संघीय निर्वाचनको लागि लौरो बाहक उम्मेद्वारको घोषणा गरिएको छ । जिल्लामा प्रतिनिधिसभा १ र सोही क्षेत्रको प्रदेश सभा ‘क’मा उम्मेद्वारको घोषणा भएको हो ।
आसन्न चुनावमा प्रतिनिधिसभा १ बाट देवेन्द्र शर्मा र प्रदेशसभा ‘क’मा मा सुवाश पाण्डे उम्मेद्वार बनेका छन् । लौरो अभियानकी लुम्बिनी प्रदेश संयोजक इशा खड्काले दुवै उम्मेद्वारलाई आसन्न चुनावको आधिकारिक पत्र दिएकी थिइन् । उम्मेद्वारी घोषणा सभामा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी खड्काले लौरो अभियान देशभर सन्चालन गर्न लागेको बताइन् ।
कार्यक्रमको अध्यक्षता गरेका राजनीतिक विश्लेषक नारायण खनालले छोरो पुस्तालाई नेता मान्ने स्थितिमा आफू आएको चर्चा गरेका छन् । चार दशक लामो राजनीतिक यात्रा पश्चात आफू छोरो पुस्तालाई नेता मान्ने र आफू अभिभावक बन्ने स्थितिमा कारणसहित आएको जिकिर गरे ।
देशमा राजनीतिक व्यवस्था परिवर्तन भएपनि पहिलो पुस्ताका नेताहरुमा पदलोलुपता, दम्भ, अहंकार देखिएको खनालको टिप्पणी छ । साथै समृद्धिको यात्रा तय गर्न पहिलो पुस्ताका नेताहरुले नसक्ने पनि उनले ठोकुवा गरे । आसन्न निर्वाचनमा ६ जना शिर्ष नेताहरुलाई हराउने गरी युवा पुस्ता लाग्नुपर्नेमा उनले जोड दिए ।
सोही घोषणासभामा बोल्नै प्रतिनिधिसभा १ का उम्मेद्वार रहेका शर्माले पटक पटक चुनाव जिताएर पठाए पनि यो क्षेत्रको विकास नभएकाले आफू उम्मेद्वार बनेको बताए । इन्जिनियरको अध्ययन गरेका शर्माले आफूसंग देश विकासको योजना रहेको सुनाए ।
गौरव पौडेलको सन्चालनमा भएको कार्यक्रममा लौरो अभियानका प्रदेश सह(संयोजक भेषराज बेल्वासेले देशको दुर्दशा विरुद्ध युवाहरु एकजुट हुनुको विकल्प नभएकाले राजनीतिक यात्रामा होमिएको प्रष्टाए । पुराना शक्तिलाई पटक पटक सत्तामा पठाए पनि उनीहरुले के दिए भनेर प्रश्न गरे । आफूहरु राष्ट्रले के दियो भनेर होइन्, राष्ट्रलाई के दिन्छौ भनेर अभियानमा होमिएको जिकिर गरे ।
हाम्रो नेपाली पार्टीले लौरो चुनाव चिह्न पाएको छ । निर्वाचन आयोगमा दल दर्ता गरी आयोगले हाम्रो नेपाली पार्टीलाई लौरो चुनाव चिह्न दिएको हो । यद्यपि यस दलमा संलग्न नेताहरुले भने आफूहरुलाई स्वतन्त्र भनेर दाबी गर्दै आएका छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया