

दसैँका बेला भारी वर्षाको सम्भावना





काठमाडौँ । यो वर्षको मनसुन सरदर मितिभन्दा ढिला गरी बाहिरिने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको पूर्वानुमा महाशाखाले शुक्रबार अपराहन्न विशेष मौसमी बुलेटिन जारी गरेर दसैँका बेला पानी पर्ने र मनसुन ढिलो गरी बाहिरिने जानकारी दिएको हो ।
‘नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भए पनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने सम्भावना देखिएको छ’, बुलेटिनमा भनिएको छ, ‘हाल बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमीतर्फ सर्दै जाने क्रममा असोज १८ गते अर्थात् महानवमी ९मंगलबार० देखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने हुँदा मनसुनी वर्षा सक्रिय हुने सम्भावना देखिएको छ।’
आउँदो मंगलबार अर्थात् महानवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ ।
यस्तै दसैँको दिन अर्थात् आउँदो बुधबार देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।
मौसम दसैँको भोलिपल्ट अर्थात् बिहीबार पनि सुधार नहुने देखिएको छ । त्यसदिन देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ। यस्तै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
यस्तै असोज २१ अर्थात शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने विशेष बुलेटिनमा उल्लेख गरिएको छ । त्यस दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।
दसैँको अवधिमा पनि पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, सडक तथा हवाई यातायात र कृषि लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा विभागले आग्रह गरेको छ ।
मौसमी अवस्थाबारे निरन्तर अनुगमन गरिरहने र त्यसअनुसार सूचना अध्यावधिक गर्दै जाने भएकाले दैनिक रुपमा मौसमबारे जानकारी लिन र पूर्वानुमान महाशाखाबाट जारी हुने तीन दिने बुलेटिन नियमित हेर्न विभागले आग्रह गरेको छ । गत वर्ष दसैँको समयमा भारी वर्षा हुँदा भित्र्याउने बेलाको धान बालीमा गम्भीर क्षति पुगेको थियो ।


खबर सबै
-
कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीमा प्रभातफेरी
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै











प्रतिक्रिया