

प्रथम मोतिपुर फुलबारीकप फुटबल : युनाइटेड एफसी पडरिया फाइनल प्रवेश

राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तुको बणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा जारी प्रथम फुलबारी कप फुटबल अन्र्तगत आज भएको पहिलो सेमिफाइनलबाट युनाइटेड एफसी पडरिया कपिलवस्तु फाइनल प्रवेश गरेको छ ।
बुधबार मोतिपुर स्थित फुलबारी रंगशालामा भएको सेमिफाइनल भिडन्तमा युनाइटेड एफसीले सिद्धार्थ गौतम चौवाहलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
सेमिफाइनलको पहिलो खेल अन्र्तगत युनाइटेडले फाइनल पक्का गरे पनि अर्काे टोली भने अझ तय भएको छैन । अब युनाइटेड एफसीसँग फाइनल भिड्नका लागि बिहिबार भोली डिएमसी तुल्सिपुर र बाणगंगा वेयलफेयर खेल्ने छन् । यी दुई टोली बिचको बिजेताले फाइनलमा युनाइटेड एफसी सँग खेल्ने छ ।
जारी प्रतियोगितामा १६ टिम सहभागि भएका थिए । प्रतियोगिताको बिजेताले नगद ७० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने उप बिजेता बन्ने टोलीले नगद ३० हजार सहित कप मेडल र पुरस्कार पाउने छ ।
प्रतियोगिता विजया दशमीको अवसरमा कपिलवस्तु स्थित प्रगतिशिल युवा क्लव मोतिपुरले आयोजना गरेको हो ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया