

अञ्जन विष्टकाे ‘ह्याट्रिक’ मा नेपालकाे सहज जित


काठमाण्डौ
बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई तीन–एकले हरायो ।
नेपालको जितमा फरवार्ड अञ्जन विष्टले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमै ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गोल गरे ।
योसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गोल सङ्ख्या १० पुर्याएका छन् ।
यस्तै बंगलादेशका लागि खेलको ५७ औँ मिनेटमा मोहम्मद टुटुल हुसेन बादशाहले सान्त्वना गोल गरे ।
यो खेलसँगै नेपाल र बंगलादेशबीच अहिलेसम्म २७ पटक भेट हुदा बंगलादेश १४ खेलमा विजयी भएको छ । यस्तै नेपाल आठ खेलमा विजयी हुँदा पाँच खेल बराबरीमा सकिएको छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया