अर्घाखाँचीको भुमिकास्थानबाट भरुवा बन्दुक सहित २ जना पक्राउ

अर्घाखाँची । अर्घाखाँचकिो भूमिकास्थानबाट प्रहरीले अबैध भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको छ । भुमिकास्थान नगरपालिका–१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका–१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी प्रहरीले उनीहरुलाई भरुवा बन्दुक सहित पक्राउ गरेको हो । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी ढाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया