

विश्व पर्यटन दिवस : बुटवलमा गरियो आरती प्रज्वलन



बुटवल । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।
यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारले चालेको हरेक कदममा आफूले सहयोग गर्न सदैव तयार रहेको बताए । नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरू आरती प्रज्वलन कार्यक्रममा सहभागी थिए ।
दिवसको अवसरमा मंगलबार बिहान रुपन्देहीको भैरहवास्थित बेलहियामा दिवसको मूल कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य रूपमा स्वागत र सम्मान गरिने मूल समारोह समितिका संयोजक सिपी श्रेष्ठले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया