

विश्व पर्यटन दिवस : बुटवलमा गरियो आरती प्रज्वलन



बुटवल । लुम्बिनी प्रदेश सरकारले असोज ११ (२७ सेप्टेम्बर) गते परेको ४२ औं विश्व पर्यटन दिवस भव्य रूपमा मनाउने तयारी स्वरूप सोमबार बेलुका बुटवलको तिनाउ नदी परिसरमा दीप प्रज्वलन (आरती) गरेको छ । प्रदेश सरकारको ग्रामीण, पर्यटन तथा सहरी विकास मन्त्रालय अन्तरगत गठित पर्यटन विकास परिषद्ले विश्व पर्यटन दिवसको अवसरमा विभिन्न कार्यक्रम तय गरेको हो ।
यसै अन्तरगत एसोसिएसन अफ टुर एण्ड ट्राभल्स (नाटा) लुम्बिनीको संयोजनमा सोमबार बेलुका आरती प्रज्वलन गरिएको हो । आरती प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पर्यटन विकासका लागि लुम्बिनी प्रदेश सरकारले चालेको हरेक कदममा आफूले सहयोग गर्न सदैव तयार रहेको बताए । नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तका अनुसार पर्यटन क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरू आरती प्रज्वलन कार्यक्रममा सहभागी थिए ।
दिवसको अवसरमा मंगलबार बिहान रुपन्देहीको भैरहवास्थित बेलहियामा दिवसको मूल कार्यक्रम गरिने छ । उक्त कार्यक्रममा भारतबाट बेलहिया नाका हुँदै नेपाल भित्रिने पहिला दुई र अन्य विदेशी दुई पर्यटकलाई भव्य रूपमा स्वागत र सम्मान गरिने मूल समारोह समितिका संयोजक सिपी श्रेष्ठले जानकारी दिए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया