

कपिलवस्तुमा नेपाल किसान ट्याक्टर समितीको रत्तदान कार्यक्रममा ७६ पोईन्ट रगत संकलन





कपिलवस्तु । कपिलवस्तु स्थित नेपाल किसान ट्याक्टर समितिले सोमबार आयोजना गरेको रत्तदान कार्यक्रमबाट ७६ पोईन्ट रगत संकलन भएको छ ।
समितिले २१ औं बर्षिक उत्सवको अवसर पारेर रत्तदान कार्यक्रम गरेको हो । समितीको आफ्नै सभाहलमा भएको कार्यक्रममा विभिन्न संघसंस्था लगाएतका ७६ जना पदाधिकारीले रगत दान गरेका छन् । नेपाल रेडक्रस सोसाईटि रक्त संचार केन्द्र बुटवलको प्रविधिक सहयोगमा रत्तदान जिवनदान कार्यक्रम गरिएको बताईएको छ ।
कार्यक्रममा नेपाल किसान ट्याकटर समिती कपिलवस्तुका सचिव सन्तोष मरासिनिको संयोजकत्व, रत्त संचार केन्द्र प्रमुख तथा लुम्बिनी प्रदेश संयोजक कृष्ण प्रसाद पंगेनिको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको समितीले जनाएको छ । कार्यक्रममा रगत दान गर्ने सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
वडा न.८ का वडा अध्यक्ष बाबुराम अर्याल, नेपाल किसान ट्याकर समितीका अध्यक्ष शंकर प्रसाद पौडेलको विशिष्ट आतिथ्यता रहेको कार्यक्रमको संचालन संस्थाका निर्वतमान अध्यक्ष मधु अर्यालले गरेका थिए ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया