लियो र लायन्स कपिलवस्तुले दियो बाणगंगा ९ मा विपन्न परिवारलाई दशै खर्च

राजेन्द्र खनाल, कपिलवस्तु । लियो क्लव अफ कलिवस्तु र लायन्स क्लव अफ कपिलवस्तुले विजया दशमीको अवसरमा एक विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न प्रदान गरेका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित एक् विपन्न परिवारलाई लियो र लायन्सले संयुक्त रुपमा सोमबार खाद्यान्न प्रदान गरेका हुन ।

लियो क्लब अफ कपिलवस्तुका अध्यक्ष सागर बन्जाडेको अध्यक्षतामा आयोजित कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष कमल पौडेको प्रमुख आतिथ्यता सहित लियो क्लब अफ कपिलवस्तुका द्धितीय उपाधयक्ष प्रविण गौतमको संयोजकत्वमा उक्त खाध्य सामाग्री वितरण गरीएको हो । पछिल्लो पाँच वर्ष देखि कपिलवस्तुमा लियोले विभिन्न सामाजिक क्षेत्रका काममा क्रियाशिलता देखाइरहेको छ । त्यसैको निरन्तरता स्वरुप लियो क्लब अफ कपिलवस्तुले एक घर मेरो परिवार अभियान अन्र्तगत भलवाडका अति विपन्न परिवारलाई दशै खर्च स्वरुप दैनिक उपभोग्य वस्तुहरु प्रदान गरेको हो ।

कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले बजार देखी गाउँ गाउँ सम्म लियो क्लबको आँखा गएकोमा आफु र सिङ्गो वडा खुशी भएको भन्दै अझै यस्ता कार्यलाई बढवा दिनेमा आफु विश्वस्त रहेको बताउनु भएको छ ।
लायन्स क्ल्व अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुले सोही परिवारकी माहिली छोरीको आँखाको उपचारका लागि पहल गर्ने घोषणा समेत गरिएको छ भने लियो क्लवका अध्यक्ष सागर बञ्जाडेले एक वर्षका लागि पढाइ स्वरुप लाग्ने सम्पूर्ण स्टेशनरी खर्च आफुले उपलब्ध गराउने समेत घोषणा गर्नुभएको छ ।

कार्यक्रममा लियोका तृतीय उपाध्यक्ष मधुसुदन गन्धर्व, क्लबका प्रेस संयोजक पशुपती गिरी, लियो सल्लकार दिपक कुँवर, एरिया एडभाइजर अमृत सापकोटा, आशिष भट्टराई, हरी गैरे, दिपक आचार्य, सन्देश चुँदाली, सन्तोस पाण्डे, अमृत सापकोटा, विनोद पौडेल, त्यस्तै लायन्सका अध्यक्ष राम सुभाग्गे थारु, प्रथम उपाध्यक्ष ओमप्रकास घिमिरे, लायन्स मिडिया संयोजक नवराज बेल्वासे, लियो संयोजक सन्दिप भट्टराई, लायन सागर घिमिरे, टोल विकास संस्थाका अध्यक्ष हरिबहादुर खनाल, अमृते सामुदायिक वनका अध्यक्ष गोपाल गिरी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

खबर सबै