

अर्घाखाँचीमा ३ हजार पाँच बढी मतदाता थपिए





अर्घाखाँची । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अर्घाखाँचीमा ३ हजार ४ सय ९० नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनपछि सञ्चालन गरिएको मतदाता नामावली सङ्कलन अभियानबाट ती मतदाता थपिएका हुन् । यस्तै साउन यता बसाइसराई,दोहोरो नामवली भएका र मृत्यु भएका मतदाता संख्या २५ सय ७८ घटाएर जिल्लामा कुल १लाख ६४ हजार ७सय ६८मतदाता पुगेका छन्।
मतदाता मध्ये पुरुषको संख्या ८२ हजार ५सय ९३ र महिलाको संख्या ८२ हजार २ सय ७५ पुगेको कार्यालयका कम्युप्टर अपरेटर जगदिश पाण्डेले जानकारी दिनुभयो । असारमा सम्पन्न स्थानीय चुनावमा पुरुष भन्दा ९ सय १७ महिलाको मतदाता संख्या बढी थियो,भने अहिले महिला भन्दा पुरुषको संख्या ४ सय १८ ले बढी रहेको छ । स्थानीय निर्वाचनमा कुल मतदाताको संख्या १ लाख ६३ हजार ८ सय १५ रहेकोमा महिला मतदाता संख्या ८२ हजार ३ सय ३६ र पुरुष मतदाता संख्या ८१ हजार ४ सय ४९ रहेको थियो । जिल्लाभरमा २ सय २ मतदान केन्द्र रहेका छन् ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया