

कपिलवस्तुमा म्यादी बन्न ५५ सय बढीका आवेदन दर्ता





राजेन्द्र खनाल, कपिलवस्तु । केन्द्रीय सुरक्षा समितिले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीको छनोट आइतबार देखि सुरू गरेको छ । सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी गरेको छ । योसँगै समितिले छनोट सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आगामी निर्वाचनका लागि म्यादि प्रहरी बन्ने उद्धेश्य सहित आवेदन दिनेको संख्य ५ हजार ५ सय बढी छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक मिनबहादुर घलेका अनुसार असोज ६ गते सम्म आवेदन लिइएको थियो । त्यमा महिला तथा पुरुष गरी झण्डै ५५ सयले आवेदन दिएका छन् । अब उनीहरुको आवेदन अनुसार आइतबार देखि छनोट चरणको प्रक्रिया सुरु गरिएको पनि उहाँले ई–साझाकुरालाई जानकारी दिनुभयो । असोज २५ गते सम्म कपिलवस्तुमा आवदेन दिएकाहरुको छनोट चरण अन्र्तगत विभिन्न प्रक्रियाहरु गराइने छ । अहिले सम्म कपिलवस्तुका लागि सरकारले म्यादी प्रहरीको कोटा निर्धारण गरेको छैन । कोटा नतोकिएका कारण आवेदन दिएकाहरु मध्येबाट उत्कृष्टहरुलाई छनौटमा राखिने गरी तयारी गरिएको डिएसपी घलेले बताउनुभयो ।
केन्द्रीय सुरक्षा समितिले भदौ ३० देखि असोज ६ सम्म म्यादी प्रहरीका लागि आवेदन दर्ता गर्न आग्रह गरेको थियो भने भदौ ७ मा सम्पर्क मिति तय गरेको थियो । समितिले असोज ९ देखि १४ सम्म म्यादी प्रहरीको छनोट गरेर असोज २५ मा नतिजा प्रकाशन गर्ने गरी कार्यतालिका बनाएको छ । सोही अनुसार कपिलवस्तु सहित देशभरका जिल्ला प्रहरी कार्यालयहरुले छनोट प्रक्रिया थालेका हुन ।
छनोट भएका म्यादीलाई असोज २७ र २८ मा नियुक्तिपत्र दिइने र असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गर्ने तयारी सुरक्षा समितिले गरेको छ । त्यसलगत्तै नेपाल प्रहरीको नेतृत्वमा म्यादी प्रहरी सुरक्षा ड्युटीमा खटिनेछन् । उनीहरूलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गर्ने तालिका तय भएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया