

छुट्टाछुट्टै अभ्यासमा हामी असफल भयौँ, अब बाबुरामसँग लामो सहकार्य हुन्छ : प्रचण्ड



काठमाडौँ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. बाबुराम भट्टराईसँग पुनः लामो सहकार्य हुने बताएका छन् । माओवादी सशस्त्र द्वन्द्वदेखिका सहकर्मी डा. भट्टराई संविधानसभाबाट नयाँ संविधान बनेपछि २०७२ मा छुट्टिएका थिए ।
माओवादीबाट छुट्टिएर गएपछि डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको अभ्यास गरेको र आफूले नेकपा एमालेसँग एकता गरेर अलग्गै अभ्यास गरेको तर दुवै जना व्यावहारिक हिसाबले असफल भएको प्रचण्डको भनाइ थियो ।
त्यसपछिका विभिन्न आरोहअवरोहको समीक्षा गर्दै प्रचण्डले छुट्टाछुट्टै गरिएका प्रयासमा दुवैजना असफल भएको बताए । अब पुनः डा. भट्टराईसँग लामो सहकार्य गर्न खोजेको प्रचण्डले बताए ।
आज (शनिबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले केवल चुनावी स्वार्थका लागि माथि बाबुरामसँग सहकार्य नगरेको बताए । उनले भने, ‘आगामी चुनावमा एउटै चुनाव चिह्न लिएर लड्ने निर्णय केवल चुनावका लागि मात्र गरिएको होइन । त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनका लागि हामीले लामो सहकार्य गर्नु छ ।’
उनले दुवै नेता एकै ठाउँमा हुँदा पुनः करोडौँ जनताको समर्थन जुटाउन सक्ने विश्वास समेत व्यक्त गरे ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा डा. भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रले एउटै चुनाव चिह्न (माओवादी केन्द्रको चुनाव चिह्न) मार्फत चुनाव लड्ने सहमति भएको थियो । सोही अनुसार दुवै पार्टी चुनावको तयारीमा छन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया