कपिलवस्तुका दुई युवक अर्घाखाँचीबाट अबैध लागुऔषध सहित समातिए

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका–९ भक्कुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार साँझ करिब ४ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध सहित कपिलबस्तुको विजयनगर गाउँपालिका–१ बस्ने २७ वर्षीय भगवान दास नाउ लगायत २ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट सातमाराबाट खटिएको प्रहरीले लु.४ प २२ ३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु उपचर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया