

चुनावको १५ दिनअघि देखि मदिरा बिक्री वितरण र सेवनमा पूर्ण रोक





काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले विभिन्न तयारी थालेको छ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गर्न–गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
गृहले त्यस्तो निर्देशन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सबै जिल्ला प्रशासन कार्यालयलाई दिएको हो । भदौ ३० गते लेखिएको पत्रमा शाखाले मतदानको मितिभन्दा १५ दिनअगाडिको प्रचारप्रसार अवधिमा नै मदिरा बिक्री वितरण र सेवनमा पूर्ण रोक लगाउन भनिएको छ ।
‘निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन, मतदानको मितिभन्दा १५ दिन अगाडिको प्रचारप्रसार अवधिमा मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने’ निर्णय आवश्यक कार्यार्थ निर्देशन भई आएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्न गराउनुहुन आदेशानुसार अनुरोध छ’, पत्रमा लेखिएको छ ।
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता कडाइका साथ पालना हुनुपर्ने भन्दै राष्ट्रिय सरोकार तथा समन्वय समितिले गत भदौ २८ गते गृह मन्त्रालयलाई लिखित जानकारी गराएको थियो ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम












प्रतिक्रिया