

सामाजिक सेवा दिवस : लायन्स कपिलवस्तुले ब्लड क्यान्सर पिडितलाई गर्यो आर्थिक सहयोग





नवराज बेल्वासे
आज सामाजिक सेवा दिवस विभिन्न सामाजिक कार्यहरु गरी सामाजिक सेवा दिवस मनाईन्छ । यसै बिच लायन्स क्लव अफ कपिलवस्तुले पनि आजको दिनलाई विशेष रुपमा मनाएको छ । कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका २ बाल मा.वि बैरीया कक्षा ६ मा पढ्ने ब्लड क्यान्सर पिडित अभिषेक बढई र उनकी बहिनी खुस्बु बढईलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । उपचारमा केहि रातह महशुस होस् भन्ने हेतुले सहयोग गरेको कार्यक्रम संयोजक भरत खनालले बताउनु भएको छ । संस्थाले बढई कै निसाबमा पुगेर राहत स्वरुप आर्थिक सहयोग गरेको थियो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथियता, लायन्स क्लव जोन चियर पर्सन सुरेन्द्र घिमिरेको विशिष्ट आतिथियता कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले लायन्स सधै सामाजिक काममा अगाडी रहेको र जिल्लाको सामाजिक संस्थाहरु मध्ये पनि उत्कृष्ट संस्था रहेको बताउदै सहयोग गरेकोमा क्लव प्रति आभार व्यक्त गर्नुभएको थियो । साथै उहाँले लायन्सको यो सहयोगले एउटा मलम थपिदिएको र परिवारमा खुसि थपिदिएको बताउनु भएको थियो ।
कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष रामसुवागे थारुको अध्यक्षता तथा लायन राम प्रसाद भुसालको सञ्चालन तथा लायन भरत खनालको कार्यक्रम संयोजत्व रहेको लायन्स क्लव कपिलवस्तुका प्रथम उपाध्यक्ष ओम प्रकास घिमिरेले बताउनु भएको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया