

प्रथम फुलबारी कप फुटबल : आहना एफसी र पारिजात पब्लिक स्कूलको जित

राजेन्द्र खनाल,कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ मा मंगलबार देखि सुरु भएको प्रथम मोतिपुर फुलबारी कप फुटबल प्रतियोगितामा आज (बुधबार) दुई खेल सकिएका छन् ।
दोस्रो दिनको पहिलो खेलमा थ्री ब्रर्दस फुटबल क्लब चप्परगाउँ माथि आहाना एफसी देवीनगरले पेनाल्टी सुट आउटबाट जित हात पारेको छ । निर्धारित ९० मिटेनको खेलमा दुबै पक्षबाट एक एकको बराबरीमा खेल सकिएपछि पेनाल्टी सुट आउटबाट नजिता आएको हो ।
आजको दोस्रो खेलमा लब नेपाल एफसी पिपरालाई १–० गोल अन्तरले हराउँदै पारिजात पब्लिक स्कुल गोरुसिँगे विजयी भएको छ ।
जारी प्रतियोगितामा भोली बिहिबार पनि दुई खेल हुने संयोजक सन्दिप क्षेत्रीले जानकारी दिएका छन् । भोली पहिलो खेल डिएमसी तुल्सिपुर र चिडिया ब्वाइज फुटबल क्लव रुपन्देही बिच हुने छ भने दोस्रो खेल युनाइटेड एफसी पडरिया कपिलवस्तु र नव दुर्गा भवानी क्लव चप्परगाउँ कपलवसतु बिच हुने आयोजकले जनाएको छ ।
बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुर स्थित फुलबारी खेल मैदानमा जारी प्रतियागितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियागितामा प्रथम हुने टिमले नगद ७० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ भने दोस्रो हुने टोलीले नगद ३० हजार सहित कप मेडल र प्रमाणपत्र पुरस्कार पाउने छ ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया