कपिलवस्तुमा जसपा कार्यकर्ताले गरे राष्ट्रपतिको पुत्ला दहन

कपिलवस्तु ।

दुबै सदनबाट २ पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै कपिलवस्तुको तौलिहवामा आज राष्ट्रपतिको पुत्ला दहन भएको छ ।
जनता समाजबादी पार्टी कपिलवस्तुले संबिधानको संरक्षण गर्ने राष्ट्रपतिले नै धावा बोलेको भन्दै प्रशासन कार्यालय अघि विरोध प्रर्दशन र पुत्ला दहन गरेका हुन् ।
विरोध प्रर्दशन कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुले राष्ट्रपति र एमालेविरुद्ध चर्को नाराबाजी गरेका थिए। उनीहरुले नागरिकता विधेयक प्रमाणीकरण नगरी राष्ट्रपतिले निष्क्रिय बनाएको भन्दै राष्ट्रपतिको २ वटा पुत्ला दहन गरेका थिए। राष्ट्रपति विद्यादेबी भन्डारीले संबिधान व्यवस्थामाथी नै प्रहार गरेको जसपाका नेता अब्दुल रसिद खाँले अरोप लगाए। राष्ट्रपतिको यो असंवैधानिक कदमले जनताबाट निर्वाचित संघीय संसदको घोर अपमान र अवमुल्यन गरेको उनले बताए।
राष्ट्रपतिको असंवैधानिक कदमले नेपाली आबा बुवाको छोराछोरीहरु नागरिकता प्राप्त गर्ने संवैधानिक व्यवस्थाबाट बञ्चित भएको जसपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए। प्रतिनिधि र राष्ट्रय साभाले पारित गरेर पठाएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक राष्ट्रपतिले १५ दिनको समय सिमा मंगलबार राति १२ बजेसम्म प्रमाणीकरण गरेकी थिईनन्।
पारित नभएपछि यो विधेयक निष्क्रिय भएको र जसले गर्दा नागरिकता पाउने योग्य भएका व्यक्ति समेत नागरिकताबाट बञ्चित भएको अध्यक्ष यादवले बताए। जसपाका नेताहरुले राष्ट्रपतिले एमाले पार्टी विशेषको कार्यकर्ता जस्तै काम गरेर नागरिका विधेयक अस्वीकृत गर्नु दुःखदायी कुरा भएको बताए। उनीहरुले नेपाल सरकारसँग यो विधेयक तत्कालै पारित गर्न आग्रह गर्दै नभए सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

खबर सबै