

कपिलवस्तुका कुन निर्वाचन क्षेत्रमा कति मतदाता ? हेर्नुहोस् विवरण





राजेन्द्र खनाल, कपिलवस्तु । निर्वाचन आयोगले आगमी निर्वाचन प्रयोजनका लागि देशभरका जिल्लाहरुको मतदाता संख्या अद्यावधीक गरि जिल्ला निर्वाचन कार्यालयमा पठाएको छ । जस अन्र्तगत कपिलवस्तु जिल्लामा हाल ३ लाख ७८ हजार २३२ मतदाता कायम भएका छन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले दिनुभएको जानकारी अनुसार कपिलवस्तुमा कुल मतदाता मध्ये पुरुष संख्या २ लाख २ हजार १ सय २५ कायम भएको छ भने महिला मतदाताको संख्या १ लाख ७६ हजार १०५ र अन्य २ जना रहेका छन् ।
यस्तै कपिलवस्तुमा आगामी निर्वाचनका लागि २ सय ३४ मतदानस्थल कायम भएका छन् भने ४ सय ७२ मतदान केन्द्र निर्धाण भएको सूचना अधिकारी क्षेत्रीले साझाकुरासँग बताउनुभयो ।
निर्वाचन क्षेत्र अनुसार कपिलवस्तुका ६ वटा प्रदेश सभा निर्वाचन क्षेत्र मध्ये १ (क) मा ७९ हजार ४५३ मतदाता छन् भने १ (ख) ६१ हजार ५६० रहेका छन् ।
यस्तै जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ (क) मा ६४ हजार ५१७ र २ (ख) मा ५७ हजार १५९ मतदाता कायम भएका छन् ।
कपिलवस्तुमा प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ३ (क) मा ६१ हजार ५८ र ३ (ख) मा ५४ हजार ४८५ मतदाता कायम भएको प्रदेश निर्वाचन कार्यलय दाङले जनाएको छ ।



खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया