

महरा समानुपातिकतिर लागेपछि दाङ २ मा माओवादीको उम्मेदवार निर्मल की रेखा ?





काठमाडौं । सत्तारुढ गठबन्धनको भागबण्डामा प्रतिनिधिसभाको दाङ क्षेत्र नम्बर २ माओवादी केन्द्रको भागमा पर्ने पक्का छ । माओवादीमा निवर्तमान सांसद समेत रहेका उपाध्यक्ष कृष्णबहादुर महरा सम्भावित उम्मेदवार थिए । तर महराले समानुपातिक रोजेका छन् ।
अब माओवादीमा दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार को भन्ने खोजी सुरु भएको छ ।
सो क्षेत्रबाट स्थायी समिति सदस्य रेखा शर्मा र केन्द्रीय सदस्य निर्मल आचार्यको नाम सिफारिस गरेको छ । तर आचार्यले शर्मालाई समर्थन गरेका छन् ।
माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्य भन्छन्, ‘पार्टीले मेरो पनि नाम राखेर सिफारिस गरे पनि उम्मेदवार बन्ने रेखा दिदी नै हो, यो सिंगो पार्टीको निर्णय हो ।’
निवर्तमान सांसद शर्माले पनि टिकट पाए चुनाव लड्न तयार भएको बताइन् । शर्माले भनिन्, ‘अहिलेसम्म सत्ता गठबन्धनमा भागबण्डा मिलिसकेको औपचारिक जानकारी छैन । यदि माओवादीको भागमा पर्यो भने र पार्टीले मेरो पक्षमा निर्णय गर्यो भने म त्यसको लागि तयार छु ।’
दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्ने पक्का छ । २०७४ सालमा एमाले र माओवादी मिलेर चुनाव लड्दा महरा प्रतिनिधिसभामा र पोखरेल लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । महरा सभामुख बन्दा पोखरेल मुख्यमन्त्री बनेका थिए ।
रेखा शर्माले टिकट पाइन् भने उनका लागि निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धाको पहिलो अनुभव हुने छ । उनी २०७० र २०७४ मा लगातार दुई पटक समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । संविधान निर्माणको क्रममा ‘संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति’ को सदस्य समेत रहेकी उनी २०७२ सालमा सामान्य प्रशासन मन्त्रीसमेत बनेकी थिइन् ।
त्यसअघि २०७० को प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचार्यले प्रतिस्पर्धा गरेका थिए । तर उनी नेपाली कांग्रेसका राजु खनालसँग पराजित भएका थिए । २०७४ मा भने उनै राजु खनाललाई महराले हराएका थिए ।
दाङमा तीनवटा निर्वाचन क्षेत्र छन् । प्रतिनिधि सभा सदस्यतर्फ दाङ क्षेत्र नम्बर १ एकीकृत समाजवादीले, २ माओवादीले र ३ नेपाली कांग्रेसले लिने पक्काजस्तै छ ।
यसैगरी क्षेत्र नम्बर १ को (क), ३ को (ख) र क्षेत्र नम्बर २ को (क) मा पनि माओवादीको दाबी रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड)ले बताए । यद्यपि सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषयमा छलफल जारी नै रहेकाले जेमा सहमति हुन्छ, त्यसै अनुसार आफूहरु अगाडि बढ्ने शर्माले बताए ।
माओवादी केन्द्रले दाङ क्षेत्रनम्बर १ को (क) मा इन्द्रजित चौधरी, २ को (क)मा निर्मल आचार्य र ३ को (ख) मा धनबहादुर मास्की (राजेश)लाई प्रस्ताव गरेको छ ।


खबर सबै
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !
-
सामुदायिक सिकाइ केन्द्रका सदस्यहरुलाई समुह व्यवस्थापन तालिम











प्रतिक्रिया