

एसियन कप छनोट : नेपाल बङ्गलादेशसँग ३–० गोलले पराजित


काठमाण्डौ । २० वर्षमुनिको एसियन कप छनोटमा नेपाल जितविहीन भएको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग ३–० गोलले पराजित भएपछि नेपाल जितविहीन बनेको हो ।
बङ्गलादेशको जितमा एमडी मोजिबोर जोनी, एमडी पियास नोभा र साजेद हसन निजुमले एकरएक गोल गरे । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा मैदानमा भएको खेलमा नेपाल ९ र बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।
खेलको २६औँ मिनेटमा नेपालका डिफेन्डर अजय चौधरी र ३५औँ मिनेटमा कप्तान आयुष घलानले रातो कार्ड पाए । बङ्गलादेशका अजिजुल हक एनान्टोले दोहोरो पहेँलो कार्ड पाएपछि बङ्गलादेश १० खेलाडीमा समेटिएको थियो ।
समूह चरणमा नेपालको लगातार चौथो हार हो । हारसँगै समूह ‘बी’ मा रहेको नेपालले अङ्कविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । पहिलो खेलमा नेपाल भुटानसँग, दोस्रो खेलमा कतारसँग र तेस्रो खेलमा आयोजक बहराइनसँग पराजित भएको थियो । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने २० वर्षमुनिको एसियन कपमा स्थान बनाउनेछ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया