

पाल्पामा एक डेंगु संक्रमितको ज्यान गयो



पाल्पा । पाल्पामा डेंगु संक्रमित ५८ वर्षीय पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका–१, ख्याहाका ती पुरुषको मृत्यु भएको तानसेनस्थित युनाइटेड मिसन अस्पतालले पुष्टि गरेको छ ।
गत भदौ २७ गते उपचारका लागि मिसन अस्पतालमा भर्ना भएका पुरुषको शनिबार उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा साउनयता डेंगु संक्रमण बढेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए । पाल्पाका मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, निजी मेडिकलहरुमा जाँच भइरहेको र भदौ महिनामा मात्र १ सय २१ जना संक्रमित पुष्टि भइसकेको ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए ।
तानसने बजारसहित ग्रामीण भेगका निजी स्वास्थ्य संस्था, सामुदायिक स्वास्थ्य संस्था तथा स्वास्थ्य चौकीहरुमा डेंगु संक्रमित थपिने क्रम बढेको छ । पछिल्लो तथ्यांक अनुसार दुई महिनाको अवधिमा १ सय ४४ जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ । साउन महिनामा २३ जनामा डेंगु संक्रमित थपिएका थिए भने भदौ महिनामा १ सय २१ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा जम्मा २७ जना मात्र डेंगु संक्रमित थिए । संक्रमण पछिल्लो समय तीव्र गतिमा बढेको छ । तर स्वास्थ्य कार्यालय पाल्पा, स्थानीय तहहरुले भने सावधानीका लागि सचेतनाका कार्यक्रम गरेका छैनन् ।
डेंगु नियन्त्रणका लागि कुनै पनि रोकथामका कार्यक्रम हुन सकेको छैन । जलवायु परिवर्तनका कारण पहाडमा समेत यसको प्रकोप बढ्दै गएको ल्याब टेक्निसियन भट्टराईले बताए । परीक्षणका लागि सरकारले निस्शुल्क उपलब्ध गराउने भने पनि आवश्यक किटको अभाव छ । जाँच गर्न सेवाग्राहीले निस्शुल्क पाउन सकेका छैनन् ।
सरकारी सेवा सुविधा पाइने पाल्पा र रामपुर अस्पतालमा यसको परीक्षण नै नहुँदा सेवाग्राहीले महँगो शुल्क तिरेर अन्यत्र अस्पताल पुग्नु परेको गुनासो गर्दै आएका छन् । विभिन्न प्रकारका रगतसहित डेंगु र कोभिड परीक्षण गर्नुपर्दा कम्तीमा ५ हजार भन्दा बढी खर्च हुने सेवाग्राहीको गुनासो छ । बिरामीमा ज्वरो (१०२ फरेनहाइट बढी) आउने, घाँटी दुख्ने, आँखाको नानी दुख्ने, ज्यान, जोर्नी दुख्ने भएपछि अस्पतालहरुले कोभिड र डेंगी दुवै जाँच गर्नुपर्ने हुन्छ ।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया