बाणगंगा १ का वडा अध्यक्ष सारु : जसले आफ्नै तलबबाट जोडे बिद्यालयमा सिसिटिभि क्यामेरा

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष सञ्चु सारु मगरले आफुले पाएको तलबबाट बिद्यालयमा सिसिटिभि क्यामेर जडान गरेका छन् । बाणगंगा– १ बुङचीमा रहेको सिद्धार्थ माध्यमिक बिद्यालयमा उनले सिसिटिभि जडान गरेका हुन ।

बिद्यालय परिसरभित्र करिव ८६ हजारको लगानीमा उनले सिसिटिभि जडान गरेका हुन । उनले वडा अध्यक्ष बापत आउने तलब तथा भत्ता नलिने र सो रकम सामाजिक क्षेत्रको बिकासमा लगाउने घोषणा गरेका थिए ।

बिद्यालयमा हरेक गतिविधि कैद गर्दै बिद्यालयको सुरक्षा तथा गुणस्तरीयता बढाउनका लागी सिसिटिभि जडान गरीएको वडाध्यक्ष सारुले बताए ।

आफनो तलबबाट बिद्यालयमा सिसिटिभि जडान गरेकोमा बिद्यालयका प्रध्यानाध्यापक इश्वर थापाले वडा अध्यक्ष सारुलाई धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया

खबर सबै