

कपिलवस्तुबाट सासंद बनेकी अमृता अग्रहरि एमालेमा प्रवेश



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारी समितिकी सदस्य तथा निवर्तमान सांसद अम्रिता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् । उनी तत्कालिन राजपा कपिलवस्तुबाट सासंद बनेकी थिइन् ।
राजपाबाट जसप बनेकी उनी उपेन्द्र यादव र बाबुराम भट्टराईबिच पार्टी विभाजन भएपछि भने तटस्थ जस्तै बसेकी थिइन्। तर उनको झुकाव बाबुराम भट्टराई तिर थियो । यद्यपी उनी आज एमालेमा प्रवेश गरेकी हुन ।
कलिवस्तुको निर्वाचन क्षेत्र नम्बर २ बाट राजपाले उनलाई समानुपातिक सासंदको रुपमा संसदमा पु¥याएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उनलाई पार्टीमा स्वागत गरेका हुन् । सचिवालय बैठक चलिरहेको बेला उनलाई पार्टीमा स्वागत गरिएको नेता योगेश भट्टराईले जानकारी दिए ।
नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् ।
राजपा र संघीय समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ बसेकी थिइन् । अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।


खबर सबै
-
नेपाली कांग्रेस बाणगंगा ९ को सभापतिमा थापाले पाए नेतृत्व
-
नेपाल प्रिमियर लिगका लागि डिआरएसको परीक्षण, लिगलाई आइसिसीको मान्यता अन्तिम चरणमा
-
बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा अट्ठाइस प्रतिशत काम
-
पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु
-
माउण्ट एभरेस्ट सहकारीकाे २८ ओैँ साधरणसभा सम्पन्न
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु






प्रतिक्रिया