

उड्ने बाइकको सफल परीक्षण, मूल्य झन्डै १० करोड (भिडियो सहित)



काठमाडौं
जापानी निर्माताले तयार पारेको उड्ने बाइकको अमेरिकी बजारमा परीक्षण भएको छ ।
जापानको एयरविन्ड टेक्नोलोजीले बनाएको “एक्सटुरिसमो होभरबाइक’ नामक मोटरसाइकल अमेरिकामा आयोजित ‘डेट्रोइट अटो शो’मा पहिलो पटक प्रस्तुत गरिएको हो ।
यो बाइक १०० किलोमिटर प्रति घण्टाको स्पिडमा ४० मिनेटसम्म उड्नसक्ने बताइएको छ ।
कार्यक्रममा विभिन्न व्यक्तिले यो बाइकको परीक्षण उडान पनि गरेका थिए ।
जापानमा व्यावसायिक सुरुवात गरिसकेको यो हाइब्रिड बाइक जापानबाहिर भने पहिलोपटक अमेरिकामा प्रस्तुत गरिएको हो ।
यो बाइकको मूल्य सात लाख ७७ हजार डलर (नौ करोड ८१ लाख रूपैयाँ बढी) तोकिएको छ ।
कम्पनीले सानो भर्सनको बाइक पनि ल्याउने तयारी गरेको छ ।
टेकपानाबाट साभार


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया