

पहिरोका कारण सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध


अर्घाखाँची । महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क–गोरुसिंगे सडक अवरुद्ध भएको छ ।
सन्धिखर्क–गोरुसिंगे सडकखण्डअन्तर्गत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्तीनजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।
केही दिनदेखिको वर्षासँगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।
सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखि गोरुसिंगेको सम्बन्ध विच्छेद भएको छ । यद्यपि, पहिरो सोहोर्ने काम भइरहेको र अबेरसम्म बाटो खुल्ने बताइएको छ ।


खबर सबै
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन






प्रतिक्रिया