

कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिनेको भिड





राजेन्द्र खनाल, कपिलवस्तु । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि बिहिबार देखि देशभरका जिल्ला प्रहरी कार्यालयबाट म्यादी प्रहरीका लागि आवेदन लिन सुरु गरिएको छ ।
कपिलवस्तुमा पनि जिल्ला प्रहरी कार्यालय तौलिहवामा बिहिबार देखि म्यादी प्रहरीको आवेदन खुला भए अनुसार आवेदन संकलन गरिएको प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक (डिएसपी) मिनबहादुर घलेले दिनुभएको जानकारी अनुसार आवेदन अब असोज ६ गते सम्म दिन पाइने छ ।
पहिलो र दोस्रो दिन कपिलवस्तुमा सयाँैको संख्यामा नागरिकहरु म्यादी प्रहरीमा भर्ना हुनका लागि अवेदन दिन आएको उहाँले बताउनुभयो ।
कपिलवस्तुमा बिहिबार र शुक्रबार दिनभर जासो पानी परेका कारण पनि आवेदन भर्नेको संख्या केही कमी भएको बताइएको छ ।
म्यादी प्रहरी बन्नका लागि देशका ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनोट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छनोटमा यसअघिका चुनावमा म्यादी प्रहरीमा छनोट भइ सन्तोषजनक काम गरेकालाई मुख्य प्राथमिकतामा राखिएको छ ।
स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन–२०७४ वा स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भइ सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा–२०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भइ प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने व्यक्तिहरू र विदेशका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म आवेदक १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै नेपाली नागरिक हुनुपर्ने, साधारण लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपले स्वस्थ रहेको हुनुपर्ने उल्लेख छ । असोज ७ गते सम्पर्क मिति तोकिएको छ । छनोट भएका म्यादी पुलिसको कार्यअवधि ४० दिनको हुनेछ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया