

लोसपाले असोज ३ गते कालो दिवस मनाउने



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले असोज ३ गते (संविधान दिवस)को कालो दिनको रुपमा मनाउने निर्णय गरेको छ ।
आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए । असोज ३ गते अधुरो संविधान बनाइएको र संशोधनका लागि पटक पटक आग्रह गर्दा पनि हुन नसकेको भन्दै लोसपाले त्यो दिनलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।
त्यस्तै बैठकले असोज ४ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरे असोज ५ गतेदेखि आन्दोलनमा जाने निर्णय समेत गरेको छ भने बैठकले समानुपातिक सूची बनाउने जिम्मेवारी लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई दिने निर्णय गरेको छ । उक्त पार्टीमा प्रदेशबाट समानुपातिकका नाम सिफारिस भइसकेको छ ।
सिफारिस भएका मध्येबाट छनोट गरेर समानुपातिकको बन्द सूची तयार हुने बताइएको छ । समानुपातिक सूची तयार गर्दा अध्यक्ष ठाकुरले कार्यकारिणी समितिका अन्य सदस्यहरुसँग समेत परामर्श गर्ने बताइएको छ ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया