

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम : बाणगंगाका १३ विद्यालयले पाए आइसीटी र पूर्वाधारको बजेट





राजेन्द्र खनाल, कपिलवस्तु । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत बाणगंगाका १३ वटा विद्यालय छनोटमा परेका छन् । यस वर्ष विद्यालयको भौतिक पुर्वाधार निर्माण तथा आइसिटी व्यवस्थापन तथा सामग्री खरीदका लागि विद्यालयहरुले माग गरे अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत नगरका विभिन्न १३ वटा सामुदायिक विद्यालयहरुलाई योजना परेको नगर शिक्षा शाखाप प्रमूख खिमबहादुर जि.सीले बताउनुभयो ।
दुई शिर्षकका योजनहरु मध्ये बाणग्ांगामा ९ वटा विद्यालयमा भौतिक पूर्वाधार तर्फ भवन निर्माणका लागि ७ वटा विद्यलायलाई ४ कोठे भवन परेको छ भने २ वटालाई २ कोठे भवन परेको छ । यस्तै नगरका ४ वटा विद्यालयलाई आइसीटी सामग्री खरीदका लागि बजेट परेको छ ।
शिक्षा शाखा प्रमूख जि.सीले दिनुभएको जानकारी अनुसार चार कोठे भवन निर्माणका लागि प्रति विद्यालय ४५ लाखका दरले बजेट परेको छ भने २ कोठे भनव निर्वाणका लागि प्रति विद्यालय २२ लाख रुपैँया परेको छ। यस्तै आइसीटी तर्फ चार वटा विद्यालयले समान ६ लाख ५० हजारका दरले बजेट पाएका छन् ।
गत साउन महिनामा नगरका विभिन्न विद्यालयहरुले भौतिक पूर्वाधार निर्माण र आइसिटी खरिदका लागि नगरपालिका मार्फत योजना माग गरेका थिए । उक्त मागलाई नगरपालिका हुँदै जिल्ला शिक्षा समन्वय ईकाई मार्फत भदौ ७ गते केन्द्रमा पठाइएको थियो ।
चालु आर्थिक वर्ष २०७९/८० मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भदौ २९ गतेको निर्णय अनुसर राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत मन्त्री स्तरको बैठकबाट छनौठ भएका विद्यालयहरुको सूची आज सार्वजनिक गरेको हो । यो योजना अन्र्तगत कपिलवस्तु जिल्ला भरबाट भने ४८ वटा विद्यालय छनौठमा परेका छन् । लुम्बिनी प्रदेशभरबाट कुल ५९३ वटा विद्यालयलाई योजना परेको छ ।
यसै आर्थिक वर्ष भित्र योजना सम्पन्न गर्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !












प्रतिक्रिया