

घाँसे मैदानमा परिणत भयो कपिलधाम स्थित ‘बाल उद्यान’





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम स्थित बाल उद्यान यतिबेला घाँसे मैदानमा परिणत भएको छ ।
गत वर्ष मात्रै निर्माण गरिएको उद्यानमा विभिन्न संरचना निर्माण गरिएको छ भने उद्यान क्षेत्र वरिपरिी पर्खाल र तारबार समेत गरीएको छ । तर भित्रि संरचनाको उचित संरक्षण हुन नसक्दा र नियमति सरसफाईमा ध्यान नदिइदा बाल उद्यान घाँसे मैदान बनेको हो ।
बाणगंगा नगरपालिका वडा नम्बर ९ कपिलधाम प्रवेशद्धारको पश्चिप पट्टी रहेको सो बाल उद्यानमा हाल तारबार पछि पक्की प्रवेशद्धार समेत बनाइएको छ । कपिल आरोग्य मन्दिर कपिलधामले नै २०७७ सालबाट निर्माण थालेको उद्याल निर्माणमा अहिले सम्म करिब १० देखि १२ लाख सम्म लगानी भइसकेको छ । कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले आवश्यक उपकरण अभावले गर्दा हाल घाँस सफाई गराउन नसकिएको बताउनु हुन्छ । भौतिक संरचना निर्माणमा लगानी भएको छ, उहाँले भन्नुभयो कामदार लगाएर घाँस सफा गराउन खर्च धेरै लाग्छ घाँस कटाउन हामीसँग उपकरण छैन त्यसैले समस्या भएको छ ।
बाटोको छेवैमा बाल उद्यान घासँे मैदानमा परिणत भएको देख्दा प्रश्नहरु उठ्नु स्वभाविक भएको भन्दै उहाँले वर्षायामको समय सकिएलगत्तै सफाई गर्ने र बालवालिकाहरुका लागि मनोरञ्जन प्रदान गर्ने खालका सामाग्रीहरु राखि सुन्दर बनाइने पनि बताउनुभयो ।
आर्थिक वर्ष २०७७/०७८ बाट निर्माण सुरु भएको बाल उद्यानलाई बिसुद्ध स साना बालवालिकाहरुलाई मनोरञ्जनपूर्ण स्थलको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !












प्रतिक्रिया