
इतिहासमा आज : के के भएकाे थियाे ?

आज २०७९ साल भदौ २८ गते मंगलबार। सन् २०२२ को सेप्टेम्बर १३ तारिख। आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्।
– सन् २००७ सेप्टेम्बर १३ मा साधारण सभाले आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र ‘यूएनडीआरआईपी’ ग्रहण गरेको थियो।
– सन् १९९३ सेप्टेम्बर १३ मा ओस्लो सम्झौतामा हस्ताक्षर गरिएको थियो। सो सम्झौताअनुरुप प्लालेस्टिनी अन्तरिम स्वशासन वा प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण ‘पीएनए’ सिर्जना गरिएको थियो।
– सन् १९७४ सेप्टेम्बर १३ मा हेगमा भएको फ्रान्सेली दूतावसमा गएर जापानी रेड आर्मी ‘जेआरए’ नामक एक कम्युनिस्ट लडाकु समूहका ३ सदस्यले राजदूतलाई अपहरण गरेका थिए। सो समूहले राजदुत लगायत अन्य ९ जनालाई बन्धक बनाएको थियो।
– सन् १९५१ सेप्टेम्बर १३ मा हार्टब्रेक रिजको युद्धअन्तर्गत अमेरिकी सेनाले कोरियामा आक्रमण सुरु गरेको थियो। सो युद्ध १ महिनाभन्दा लामो चलेको थियो।
– सन् १९३३ सेप्टेम्बर १३ मा एलिजाबेथ म्याकम्बस्ले न्यूजिल्याण्डको संसदमा निर्वाचित भएकी थिइन्। म्याकम्बस् न्यूजिल्याण्डको पहिलो महिला सांसद बनिन्।
– सन् १८९९ सेप्टेम्बर १३ मा संयुक्त राज्य अमेरिकामा गाडी घातकता पहिलो पटक दर्ता भएको थियो। न्यूयोर्क सहरमा हेनरी एच. ब्लिस बाटो काट्दै गर्दा उनलाई एक ट्याक्सीले हानेको थियो। यस दुर्घटनाको भोलि पल्ट ब्लिसको मृत्यु भएको थियो।
– सन् १७५९ सेप्टेम्बर १३ मा क्युबेक युद्धअन्तर्गत बेलायत र फ्रान्सबीच युद्ध भएको थियो। बेलायतले सो युद्ध जितेसँगै क्यानडा बेलायतको अधिनमा आएको थियो।


खबर सबै
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
-
२१३औँ भानुजयन्ती कपिलवस्तुमा विविध साहित्यिक कार्यक्रम सहित मनाइयो
-
सीमा सुरक्षा चुस्त बनाउन एआईजी पोखरेल कपिलवस्तुमा, ६ मिनेटभित्र उद्धार टोली परिचालन गर्न आदेश
-
मौसम अपडेट : आज राति भारी वर्षाको सम्भावना
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक






प्रतिक्रिया