

नेपालले दिने भयो पाकिस्तानलाई २ करोड रुपैयाँ बराबरको राहत





काठमाण्डौ । नेपालले पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरिरहेको पाकिस्तानलाई दुई करोड रुपैयाँ बराबरको राहत सामग्री प्रदान गर्ने निर्णय गरेको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
सरकारले पाकिस्तानमा बाढी, पहिरोका कारण ज्यान गुमाउनेहरूप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारलाई समवेदना पनि व्यक्त गरेको छ ।
गएको दुई महिनादेखिको वर्षाका कारण भएको बाढी, पहिरो पाकिस्तानमा एक हजार चार सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ । झन्डै एक तिहाइ भू–भाग डुबानमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया