

वाणगंगा ९ मा टोल विकास संस्थाको पुर्नगठन





कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा लामो समय देखि म्याद सकिएर पनि पुर्नगठन हुन नसकिरका टोल विकास संस्थाको गठन पक्रियामा पछिल्लो समय जनप्रतिनिधिहरु सक्रिय बनेका छन् ।
केही वडाहरुले टोल विकास संस्थाको पुर्नगठन थाले सँगै बाणगंगामा म्यद गुज्रिएका समितिमा नयाँ अनुहार पनि आएका छन भने कतिपय स्थानमा पुरानैलाई पुनः चयन पनि गरिएको छ ।
अहिले बाणगंगाको वडा नम्बर ९ स्थित भलवाडमा वडा कार्यालयले सूचना नै जारी गरी सबै टोलविकास संस्थाको पुर्नगठनलाई तिव्रता दिएको छ । सोमबार मात्रै चौबाह टोलमा पुजा पान्डेको अध्यक्षतामा ९ सदस्यीय दुर्गा भवानी टोल विकास संस्था गठन गरेको छ भने भलवाड टोलमा लक्षमण रायमाझीको अध्यक्षतामा ९ सदस्यीय भलवाड टोल विकास संस्था गठन भएको छ । जसको उपाध्यक्षमा जित बहादुर खत्री रहेका छन् ।
यस्तै बक्सिसपुर टोलमा खेमराज खनालको अध्यक्षता ९ सदस्यीय शान्ति टोल विकास संस्था गठन भएको वडा कार्यालयले जनाएको छ भने बर्दहवा टोलमा बसन्त अधिकारिको अध्यक्षतामा ९ सदस्यीय सुनगाभा टोल विकास संस्था गठन भएको छ ।
स्थानीय सरकारका कामकार्वाही र विकास योजनाहरुलाई नजिकबाट सहयोग गर्ने र योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि हरेक वडामा टोलविकास संस्थाहरु कायम गरिएको छ । तर २०७४ सालको निर्वाचन पछि पहिलो पटक बनेका टोलविकास संस्थाहरुको लामो समय पुर्न गठन हुन नसक्दा चर्काे आलोचना हुने गरेको थियो । एउटा टोलविकास संस्थाको कार्यकाल जम्मा २ वर्ष मात्रै हुने व्यवस्था रहेकोभए पनि बाणगंगामा झण्डै ५ वर्ष बढी कतिपय टोल विकास संस्थाहरुले काम गरेका छन् ।
भलवाडमा गठन भएका टोल विकास संस्थाहरुका नयाँ पदाधिकारीहरुलाई वडा अध्यक्ष कमल पौडेल सहित जनप्रतिनिधिहरुले शुभकमना दिएका छन् । आफ्नो टोलको विकास र योजनाहरुको प्रभावकारी कार्यान्वयन गराउन नयाँ गठित समितिको भुमिका समेत महत्वपूर्ण हुने भएकाले समितिले प्रभावकारी कम गरेर देखाउनुपर्नेमा पनि जोड दिइएको छ ।
कार्यक्रम वडा सदस्य चुरामणि अर्याल र वडा सचिव सन्तोष कुमार बैठाको सहजिकरणमा सम्पन्न भएको थियो ।
तस्बिर :वडा सदस्य चुरामणी अर्याल ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !













प्रतिक्रिया