

बुटवलबाट हराएका तीन बालक भारतको महाराष्ट्रमा भेटिए





रुपन्देही । बुटवलबाट सम्पर्कविहीन भएका तीन बालक भारतको महाराष्ट्र प्रदेशमा भेटिएका छन् । शुक्रबार विद्यालय जान भनि हिडेका बुटवल उपमहानगरपालिका वडा नं ११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल, समिर लम्साल र १४ वर्षका प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय हिंडेपछि विद्यालयमा पनि हाजिर नभएको र घरमा पनि सम्पर्क नभएको परिवारले जनाएका थिए ।
सम्पर्कविहीन भएका मध्ये समिर लम्सालका बुबा भारतमा रहेको र ती सबै बालक उहाँसँग सम्पर्कमा आएको परिवारले खबर दिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले ग्लोबल आवाजलाई जानकारी दिए । बालकहरु भेटिएको परिवारले जानकारी दिए पनि उनीहरु आफै गएका हुन वा अरु कसैले लगेको हो भन्ने खुल्न बाँकी रहेको केसीले बताए । घटनाका बारेमा प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको र बालकलाई कसैले लगेको वा आफै गएको भन्ने खुल्ने बताए ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया