

बालेनको प्रभाव बुटवल सम्म, उपमहानगरले भन्यो ‘तीन दिनमा सडक पेटीका संरचना हटाउनु’





बुटवल । काठ्माण्डौँ महानागरपालिकामा मेयर बालेन्द्र शाह (बालेन) ले नक्सा पास नगरेका र सडक पेटी हडपेका संरचना धमाधम हटाए सँगै यसको प्रभाव बुटवल सम्म देखिएको छ । बुटवल उपमहानगरपालिकाले सडक पेटीमा अव्यवस्थित रूपमा राखिएका सामाग्री हटाउन तीन दिनको अल्टिमेटमसाथ सूचना जारी गरेको छ । नगर सफा, सुन्दर र व्यवस्थित राख्न भन्दै नगरले त्यस्ता संरचना हटाउन आग्रह गरेको हो ।
बुटवलको गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडकपेटी, चोक, चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टङ्की, निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरू राखी अवरोध गर्ने गरेको देखिएकोले शुक्रबारको मितिले ३ दिनभित्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।
उपमहानगरपालिका कार्यालयको मुखैमा रहेको साप्ताहिक हाटबजार, अमरपथ, ट्राफिकचोक, तिनकुने चोक, देविनगर, दिपनगर, अस्पताल लाइन, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराह, पुरानो बसपार्क लगायतका क्षेत्रमा फुटपाथ र सडक समेत कब्जा गरी ठेला राख्ने र बजार सञ्चालन गर्ने गरिएको छ ।
यसअघि बुटवल उपमहानगरपालिकाले फुटपाथमा रहेका ठेला र भुइँमै पसल थापेका व्यवसायीसँग समेत ठेकेदारमार्फत दैनिक कर असुल गरेको भन्दै आलोचना हुने गरेको थियो ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !












प्रतिक्रिया