

आजदेखि थालियाे प्रदेशसभा समानुपातिक तर्फकाे मतपत्र छाप्न





काठमाण्डाै – निर्वाचन आयोगले आज शनिवारदेखि चार वटा प्रदेशको प्रदेश सभा सदस्य समानुपातिकतर्फको मतपत्र छाप्दै छ ।
आयोगले प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेश सभाको समानुपातिकतर्फका मतपत्र छाप्ने भएको छ भने बाँकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मतपत्र पछिल्लो चरणमा छाप्ने योजना बनाएको छ । चार वटा प्रदेशका लागि झन्डै एक करोड ३१ लाख थान मतपत्र छाप्ने आयोगले बताएको छ । आयोगले भक्तपुरको जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा मतपत्र छाप्दै आएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको समानुपातिकतर्फको नमुना मतपत्र छपाइ सकिएलगत्तै प्रदेश सभा सदस्यको समानुपातिकतर्फको मतपत्र छपाइ सुरु हुने जानकारी दिनुभयो । आयोगका अनुसार प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फ झन्डै २० लाख नमुना मतपत्र छापिँदैछ ।
आयोगले भदौ २१ गतेदेखि नमुना मतपत्र छाप्न सुरु गरेको हो । देशभरिका सात सय ५३ वटै पालिकामा नमुना मतदान गर्ने योजना बनाएको आयोगले त्यहीअनुसार मतपत्र छापेको हो । हरेक प्रदेशमा मतदाता सङ्ख्या फरक भएकाले मतपत्रसमेत त्यही आधारमा छापिने प्रवक्ता पौडेलले बताउनुभयो ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया