

माओवादी नेता खनालले भने, ‘ढुक्क हुनुस् म कपिलवस्तुबाटै चुनावमा होमिने छु’





कपिलवस्तु । आगामि मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेश सभाका उमेद्वार छनोटकालागि माओवादी केन्द्रबाट सिफारिस भएका नेता चक्रपाणी खनाल बलदेवले आफू कपिलवस्तुबाटै निर्वाचन लड्ने बताएका छन्।
पार्टीले उनलाई कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ र अर्घाखाँची बाट पनि प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेद्धार सिफारिस गरेको छ । कपिलवस्तुबाटै अहिले सम्म राजनितिमा सक्रिय रहेका खनाल २०७४ सालको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाटै विजयी सासंद हुन्। तर मंसिर ४ को निर्वाचनका लागि भने उनलाई कपिलवस्तु र अर्घाखाँची दुबै स्थानबाट नाम सिफारिस भएपछि नेता खनाल कपिलवस्तु भन्दा बढी अर्घाखाँचीबाट चुनावमा लड्ने आकँलन गरिएको छ । उनको जन्मस्थान समेत रहेको अर्घाखाँचीमा यस अघिका निर्वाचनमा माओवादी केन्द्रले नेता टोपबहादुर रायमाझिलाई टिकट दिदै आएको थियो । तर नेता रायमाझी यसपटक एमालेबाट उम्मेद्धार बनेपछि नेता खनालको सिफारिसले उनी सोही जिल्लाबाट चुनाव लड्ने चर्चा भएको हो ।
दुई जिल्लाबाटै नामा सिफारिस भएपछि आफ्ना मतदाता अन्योलमा परेको भन्दै नेता चक्रपाणी खनाल बल्देवले आफु कपिलवस्तुबाटै चुनावमा होमिने प्रष्ट पारेका छन्।
उनले भने, “म कपिलवस्तु क्षेत्र न.१ को उमेद्वार हुँ, अर्घाखाँचिका साथिहरुले सिफारीस गर्नु भयो उहाँहरुलाई आभार व्यक्तगर्न चाहन्छु ।” साथै कपिलवस्तु बासिलाई अलमलमा नपर्न पनि उनले आग्रह गरेका छन् ।
आफु कपिलवस्तु बासि भएकाले र अघिल्लो निर्वाचनमा पनि यसै कपिलवस्तु क्षेत्र न.१ बाट जितेको उमेद्वार भएकाले पनि आफुले यस क्षेत्र नछाड्ने उनले बताए । उनले साझाकुरासँग कुरा गर्दै भने, म कपिलवस्तुबाटै चुनाव लड्ने हो । दुई मत नै छैन नि, यसो साथिहरुले अर्घाखाचीबाट पनि नाम राखिदिएछन् तर ढुक्क हुनुस म कपिपलवस्तुबाटै चुनाव लड्छु ।
गठबन्धनबाट भागबन्डामा माओवादीले कपिलवस्तु १ पाउने सम्भावना कमजोर देखेर अर्घाखाँची पनि रोज्नुभएको होकी भन्ने प्रश्नमा उनले भने त्यस्तो होइन, म कपिलवस्तुबाटै राजनिति गरेँ, कपिलवस्तुबाटै सासंद बने अब पनि कपिलवस्तुबाटै चुनाव लडेर जित्ने हो । अर्घाखाँचीका साथीहरुले पनि माया गर्नुभयो । कपिलवस्तु १ मा माओवादीले नै टिकट पाउँछ, ढुक्क हुनुस्, उनले भने ।
यता कपिलवस्तुले क्षेत्र न.१ बाट खनाल सहित तिन जनालाई सिफारीस गरेको छ । यद्यपि खनाल बाहयकका अन्य दुई जनाले पाटीले सिफरीस गरेता पनि आफुहरु चुनावमा नहोमिने सामाजिक सञ्जालमा लेखेका छन् । यसले पनि माओवादि केन्द्र बाट कपिलवस्तु क्षेत्र न. १ मा प्रतिनिधीसभामा खनाल एकल उमेद्वार रहेको बुझिएको छ ।
नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहेका बलदेव कपिलवस्तु –१ का प्रतिनिधिसभा सदस्य समेत हुन् ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया