

कपिलवस्तुको महराजगंज नगरपालिका साक्षर नगर घोषणा





कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ।
नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भएपछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो। नगरपालिकामा रहेको सबै ११ वटा वडामा सो उमेर समुहका ९५ प्रतिशत बढी साक्षर रहेको नगरपालिका शिक्षा ईकाईका प्रमुख रेस्मीराज आर्यालले प्रतिवेदन प्रस्तुत गरेका थिए। नगरपालिकामा १५ देखि ६० उमेर समुहका २३ हजार ६३७ जनसंख्या मध्ये २२ हजार ७२६ जना साक्षर रहेका छन्।
उपमेयर रीता कुमारी कुर्मीले नगरपालिकामा १५ देखि ६० उमेर समुहका ९६ प्रतिशत बढी साक्षर रहेको भन्दै नगरलाई साक्षर नगरपालिका भएको घोषणा गरेकी थिइन्। उनले पछि परेको नगर साक्षर घोषणा हुनु आफँैमा उदाहरणीय कार्य भएको बताइन्। यो वैज्ञानिक यु्गमा सबै साक्षर हुनुपर्ने र अभिभावकहरुले आफ्ना नानी बावुलाई विद्यालयमा पढाउन पठाउनु पर्ने उनले बताइन्।
सो अवसरमा शिक्षा ईकाई तथा समन्वय कार्यालयका प्रमुख थानेश्वर घिमिरेले जिल्लामा रहेका १० पालिका मध्ये महाराजगंज पाँचाँै पालिकाकारुपमा साक्षर घोषणा भएकोमा खुशी व्यक्त गर्दै जिल्लालाई समेत साक्षर बनाउन सबैले साथ दिनुपर्ने बताए। लुम्बिनी प्रदेशको १२ जिल्ला मध्ये कपिलवस्तु मात्र साक्षर जिल्ला घोषणा हुन बाँकी छ। प्रदेशलाई नै साक्षर घोषणा गर्न कपिलवस्तु बाधकको रुपमा रहेकाले भन्दै प्रमुख घिमिरेले यो जिल्लाकै लागि लज्जास्पद कुरा भएको बताए। उनले कपिलवस्तुमा अझै कपिलवस्तु र कृष्णनगर नगरपालिका तथा मायादेवी, सुद्धोदन र विजयनगर गाउँपालिका साक्षर घोषणा हुन नसकेको बताए। उनले कृष्णनगर नगरपालिकालाई साक्षर घोषणा गर्न ठूलो चु्नौती रहेको बताए। बाँकी ४ पालिकाले भने साक्षरका लागि काम अघि बढाएका छन्। जिल्लालाई आउने माघ फागनु भित्रै साक्षर घोषणा गर्ने तयारी रहेको उनले बताए।
यस्तै नगरपालिका प्रमुख प्रशाकीय अधिकृत रबिन्द्र प्रसाद चौधरीले नगरपालिकालाई अघि बढाउने अभियानलाई सबैले साथ दिनुपर्ने बताए। उनले शिक्षाको गुणस्तर बढाइ सबैलाई साक्षर बनाई अघि बढनु पर्ने बताए।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया