

क्यानले गर्यो सन्दीपलाई निलम्बन


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेविरुद्ध बिहीबार पक्राउ पूर्जी जारी भएसँगै बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।
वि.सं. २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो । तर, नाबालिग बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेसँगै उनलाई क्यानले निलम्बन गर्ने निर्णय गरेको हो ।
१७ वर्षीया एक नाबालिगले गत मंगलबार मात्रै लामिछानेविरुद्ध बलात्कार गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी छन् । प्रहरीले बुधबार (हिजो) जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पूर्जी जारी भएसँगै नेपाल क्रिकेट संघ (क्यान)मार्फत् लामिछानेलाई फिर्ता गर्न औपचारिक आग्रह गर्ने तयारी गरेको छ । तर, क्यानमार्फत् लामिछाने नआए इन्टरपोलको माध्यमबाट नेपाल ल्याइने प्रहरीको भनाइ छ ।
लामिछाने नेपाली टोलीको नेतृत्व गर्दै उनी केन्याविरुद्ध ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भदौ ६ गते नैरोवी प्रस्थान गरेका थिए । त्यतैबाट उनी सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका हुन् । लामिछानेविरुद्ध मुलुकी अपराध संहिता २०७४ अनुसार अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
संहिताको दफा २१९ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख छ । संहिता अनुसार १६ देखि १८ वर्ष उमेरको नाबालिगलाई जबर्जस्ती करणी गरेको पुष्टि भएमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने ब्यवस्था छ ।


खबर सबै
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा
-
सर्वोच्चले दिएन अन्तरिम आदेश
-
पहिलोपटक ६ सय किलो डीडीसीको घिउ दुबई निर्यात हुँदै






प्रतिक्रिया