

अन्तराष्ट्रिय अनुसन्धानकर्तासँग बाणगंगामा स्वास्थ्यकर्मीको छलफल





कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकी मोतिपुरमा अन्तराष्ट्रिय अनुसन्धन टोलीसँगको छलफल तथा अन्र्तक्रियत कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष तथा मोतिपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अर्यालको अध्यक्षतामा आयोजित अन्र्तक्रियत कार्यक्रममा पुरुनेट म्यानमारका टाजिन, एल.एस.टि.एम युकेका स्याली टेलवार्ड, विस्वाम मान्सर, सरियाका लान्सन्ट हुसिन कालोन लगाएत आधा दर्जन अन्तराष्टिय टोलिसँग अन्र्तक्रियत कार्यक्रम भएको स्वास्थ्य चौकी प्रमुख हिमलाल घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारी, कर्मचारीहरुका बिचमा स्वास्थ्य प्रणाली, समुदाय स्तरका एजेन्डाहरु स्वास्थ्य चौकीमा आउने तरिकाहरु, स्वास्थ्य चौकीले संचालन गर्ने सेवाको समुदायमा प्रभाव लगाएतका विषयमा छलफल तथा अन्र्तक्रिया भएको घिमिरेले बताउनुभयो ।
यस्तै सो टोलीले वडा नम्बर ८ चप्परगाउँमा रहेको स्वास्थ्य आमा समुहसँग पनि छलफल गरेको छ । समुहसँग खासगरी सुनौला १ हजार दिन भित्रका सुत्केरी आमा तथा बच्चाहरुको स्वास्थ्य अवस्था, पोषण र उनीहरुको स्वास्थ्य संस्थासम्मको पहुँचको अवस्थाका विषयमा छलफल भएको छ । महिला समुहसँगको छलफलमा स्वास्थ्य आमा समुहका अध्यक्ष ललिता देवी घिमिरेको अध्यक्षता तथा महिला स्वास्थ्य स्वयमसेवीका ममता गौतमको संचालन रहेको थियो । विदेशी स्वास्थ्य अनुसन्धानकर्ता टोलीसँगको छलफलले थप प्रेरणा प्रदान गरेको सहभागिहरुको भनाई थियो । यस्तै आगामी दिनमा पनि यस्ता सेवासम्बन्धी कार्यक्रमहरुलाई विस्तार गर्न पनि माग गरिएको छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया