

किन गरे माओवादी कपिलवस्तुबाट शिफारिस भएका दुई नेताले चुनाव नलड्ने घोषणा ?





कपिलवस्तु । नेकपा (माओवादी केन्द्र) कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ बाट बुधबार मात्रै प्रतिनिधि सभाका लागि सिफारिस भएका दुई नेताहरुले चुनाव नलड्ने घोषणा गरेका छन् । माओवादी केन्द्रका नेताद्धोय डोरप्रसाद उपाध्याय (निर्माल) र कमल चुदालीले पार्टीबाट सिफारिस भएर पनि चुनाव नलड्ने उल्लेख गरेका हुन् ।
उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत पार्टीले सिफारिस गरेको भए पनि हालको चुनवी प्रणाली बढी खर्चिलो भएको तथा आफ्नो त्यो योग्यता अझै नभएको भन्दै चुनावमा उम्मेद्धार नबन्ने उल्लेख गरेका छन् ।
बुधबार मात्र चुदालीको नाम प्रतिनिधिसभा–१ को प्रत्यक्ष तर्फ सिफारिस भएको थियो । तर, चुदालीले समानुपातिक तर्फ पनि नाम सिफारिस नगर्न आग्रह गरेका छन् ।
जिल्ला इन्चार्ज समेत रहेका चुदालीले विहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन्, “सबैलाई नमस्कार ! चुनाव आयो चहलपहल बढ्दैछ ! सिफारिसको अनुहार प्रति सबैको ध्यानाकषिर्त भइरहेको छ ! मैले दसौंला जोडेर मेरो भनाइ दोहो¥याएर राख्दछु , चुनावमा उठ्ने आर्थिक सामर्थ्य म राख्दैन कि यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउन्जेल चुनाव मेरोलागी असम्भव छ । सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेद्बारीमा सिपारिस नगरिदिनुहुन पार्टी पङ्तिमा हार्दिक अनुरोध गर्दछु । सद्भावनामा कृतज्ञता जनाउछु ! ”
यस्तै अर्का नेता डोरप्रसाद उपाध्याय निर्मलले पनि आफ्नो सामाजिक सञ्जाल फेसबुकमै आफ्नो मनको बह पोखेका छन्। उनले भनेका छन्, “नाम सिफारिश हुनु राम्रो कुरा हो तर मेरो चुनाबी योग्यता पुग्दैन । र म चुनाबी दौडमा छैन । सिफारिस गर्नु भएकोमा जिल्ला पार्टी कपिलबस्तुलाई धन्यबाद छ ।”
पछिल्लो चरणमा चुनावी प्रक्रिया खर्चिलो र बोझिलो बनेपछि सामान्य आर्थिक हैसियत हुनेहरुलाई यो निर्वाचनमा उम्मेद्धार बन्नु चुनौतिको विषय बन्ने गरेको छ । निर्वाचन आयोगले खर्चको अधिक्तम सीमा तोकेको भए पनि त्यो व्यवहारमा लागु छैन । अर्काे तर्फ जनता रिझाउन र कार्यक्रता खुसी पार्न पनि चुनावी बेला उम्मेद्धारहरुले पैसा खर्च गर्नेले मात्रै जित्ने परिपाटिको विकासले पनि विचार र सिद्धान्त बोकेका तर आर्थीक अवस्था कम भएकाहरुले निर्वाचन लड्ने हिम्मत गर्न सक्दैनन् । जसका कारण माओवादी केन्द्रका यी दुई नेताहरु बाहिर देखिने गरी आएका प्रतिनिधि हुन् । तर अन्य दल भित्र आन्तरिक रुपमा यस्ता विचार पोख्नेहरु प्रसस्त छन् ।
माओवादी केन्द्र कपिलवस्तुले निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीबाट प्रतिनिधि सभा उम्मेद्धारका लागि चक्रपाणी खनाल, डोर प्रसाद उपाध्याय र कमल चुँदालीको नाम सिफारिस गरेको थियो । तर दुबै नेताहरुले उम्मेद्धार सिफारिस भए पनि चुनाव नलड्ने जनाएका हुन । उता नेता खनाल भने अर्घाखाँचीबाट पनि प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेद्धार सिफारिस भएका छन् ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया