

एक दिन मात्रै एमालेमा बसेका बच्चुलाल



रुपन्देही । नेकपा एमाले प्रवेश गरेका जनता समाजवादीका पार्टीका प्रदेश सदस्य तथा रुपन्देहीको गैडहवा गाउँपालिकाका निवर्तमान अध्यक्ष बच्चुलाल केवट पुनः जनता समाजवादीमै फर्किएका छन् । उनी एक दिन मात्रै एमालेमा बसेर पुनः जसपामै फर्किएका हुन ।
उनी वुधबार मात्रै एमाले सचिव छविलाल विश्वकर्मा, नेता खिमलाल भट्टराई, ठाकुर गैरेको हातबाट टीका लगाएर पार्टीमा प्रवेश गरेका थिए । बिहीबार केवटले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टिले एमालेमा गएको तर आफ्नो गल्ती स्वीकार गर्दै जसपामै फर्किएको जनाएका छन् ।
‘पार्टीको आन्तरिक असहमतिका कारण असन्तुष्ट भएर एमालेमा लागेको थिएँ । पछि आत्मग्लानी भयो । ’ उनले विज्ञप्तिमा लेखेका छन् ‘पार्टीको कार्यकर्ता र नेतृत्वको माया देखेर पुनः पुरानै घर फर्किएको छु ।’ उनले आफूले गलत निर्णय लिएको र यसबाट कार्यकर्ता तथा शुभचिन्तकमा पर्न गएको असरको लागि माफी मागेका छन् । उनले अबका दिनमा जसपामै सक्रिय भएर लाग्ने समेत प्रतिवद्दता जनाएका छन् ।
अहिले उनले आफ्नो मोबाइल अफ गरेका छन् । जसपा जिल्ला अध्यक्ष रामअवतार यादवले केवटले आफ्नो गल्ती स्वीकार गरेर पार्टीमा फर्केको बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया