

एसिया कप क्रिकेट : पाकिस्तान र श्रीलंका फाइनलमा



एसिया कप टी–२० क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित निकालेसँगै प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ।
बुधबार सार्जाहमा अफगानिस्तानविरुद्धको शीर्ष चारको दोस्रो खेलमा पाकिस्तानले रोमाञ्चक रूपमा १ विकेटको जित निकाल्यो।
पाकिस्तानको जितसँगै श्रीलंका पनि फाइनल प्रवेश गर्न सफल भयो। दुवैले शीर्ष चारमा समान २–२ जित निकाल्दै एक खेल अगावै फाइनलमा स्थान बनाए। अफगानिस्तान र भारत भने प्रतियोगिताबाट बाहिरिए।
अब उपाधिका लागि पाकिस्तानले ११ सेप्टेम्बर मा श्रीलंकाको सामना गर्ने छ। टस हारेर पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो। जवाफमा पाकिस्तानले उक्त लक्ष्य ४ बल बाँकी हुँदा पूरा गर्यो।
१३० रनको लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले अन्तिम ओभर सम्म संघर्ष गर्नु पर् यो। १९ औं ओभरमा २ विकेट गुमाएर दबाबमा आएको पाकिस्तान अन्तिम ओभरमा लगातार दुई छक्का प्रहार गर्न सफल भएसँगै ९ विकेट गुमाएर जित निकाल्न सफल रह्यो।
अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा नसिम साहले फजलहक फारुखीलाई लगातार दुई बलमा दुई छक्का प्रहार गर्दै जित पक्का गरे। त्यसअघि पाकिस्तानका लागि सादव खानले सर्वाधिक ३६ रन बनाए।
त्यस्तै इफ्तिखर अहमेदले ३० रन जोडेका थिए। त्यस्तै ओपनर मोहम्मद रिजवान २० रनमा आउट हुँदा नसिम साह १४ रनमा अविजित रहे। अफगानिस्तानका लागि फारुखी र फरिद अहमेदले समान ३(३ विकेट लिँदा रसिद खानले २ विकेट लिएका थिए।
त्यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३५ रन बनाएका थिए। त्यस्तै हर्जतुल्लाह जाजाईले २१ रन, रमनुल्लाह गुर्वाजले १७ रन जोडेका थिए। थप दोहोरो स्कोरका रुपमा करिम जनतले १५ रन बनाउँदा नजिबुल्लाह जाद्रानले १० रन बनाए।
त्यस्तै अजमतुल्लाह ओमरजाई १० र रासिद खान १८ रनमा अविजित रहे। पाकिस्तानका लागि हरिस रउफले २ विकेट लिँदा सादव खान, मोहम्मद नवाज, मोहमद हसनइन र नसिम साहले समान १–१ विकेट लिएका थिए।


खबर सबै
-
सद्भावको पर्व छठ मनाउन कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण
-
बर्दियामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु,१५ जना घाइते
-
एनपीएलमा प्लेअफको समीकरण रोचक
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
भलवाडमा देउसी भैलोका क्रममा कुटाकुट, एकजना घाइते, एक युवक प्रहरीको नियन्त्रणमा
-
आइतबारदेखि फेरि पानी पर्न सक्ने, किसानलाई धानबाली जोगाउन सुझाव
-
धान दाइँमा आधुनिक थ्रेसरको प्रयोग बढ्दै
-
डल्ले सराय नाच प्यूठानको मौलिक सांस्कृतिक पहिचान
-
कपिलवस्तु नगरपालिकामा शुक्रबार शोक बिदा
-
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय







प्रतिक्रिया