

यसपटक पनि उनै अनुहार मैदानमा





राजेन्द्र खनाल, कपिलवस्तु । कपिलवस्तु सहित देशभरका जिल्ला तथा निर्वाचन क्षेत्रहरुमा यतिबेला राजनितिक दलहरुलाई आफ्नो दलबाट कसलाई मंसिर ४ का लागि उम्मेद्धार बनाउने भन्ने चटारो छ । पार्टी भित्र सासंद बन्ने दौडमा धेरै अनुहारहरु भएपछि मुख्य राजनितिक दलहरु नेपाली कांग्रेस र नेकपा एमले सहित माओवादी केन्द्रलाई नेताहरुलाई मनाउन र सिफारिस गर्न हम्मे हम्मे परिरहेको छ ।
लुम्बिनी प्रदेशका अधिकाशं जिल्लामा दलहरुले आशिंक रुपमा निर्वाचन क्षेत्रबाट जिल्ला समितिलाई उम्मेद्धारहरुको नामावली सिफारिस गरिसकेका छन । तर कांग्रेस र एमालेबाट जिल्लामा सिफारिस भएका नामहरुबाट एउटा मात्रै व्यक्तिलाई उम्मेद्धारको रुपमा अघि सार्न सकस छ ।
हिजोको हारको बदला लिने दाउमा भएका निर्वाचन क्षेत्रमा दलहरु कसलाई उम्मेद्धार बनाउँदा जितिने हो र आफ्नो पुरानो विरासत जोगाउनेहरुलाई पनि सही उम्मेद्धार र जनताले मन पारेको उम्मद्धार नउठाए पराजयको डर छ । तर २०७४ सालको निर्वाचनको चुनावि तालमेल र यसपटकको चुनावी तालमेल फरक बन्दा मुख्य दलहरु पनि यसपटक के हुन्छ भन्नेमा अन्यौलमा छन् । गत निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभाका लागि चुनावी वाम गठबन्धन बनाएर गएका थिए भने यस पटक पाँच दलको फरक गठबन्धन बनेको छ । एमालेले विचार मिल्ने साना कम्युनिष्ट दललाई साथमा लिएर चुनावी मोर्चा बनाउने कसरतमा छ ।
अर्काे तर्फ सत्तारुढ पाँच दलको गठबन्धनमा चुनावी सिट बाँडफाँडमा कुरो नमिल्दा देशभरका निर्वाचन क्षेत्रमा गठबन्धन कायम हुनेमा शंका उत्पन्न भइसकेको छ भने बैशाख ३० को पालिका चुनावमा गठबन्धन नभएका स्थान गुमाउनुपर्दा कांग्रेस पनि अन्य चार दलभन्दा बहिर जान सकेको छैन । किन भने पालिका चुनावमा गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिला कांग्रेसले धेरै स्थानमा पराजय भोगेको छ । यस्तै २०७४ मा जितेको स्थानलाई आधार मानेर भागबन्डा हुनुपर्ने अन्य दलको अडानका कारण गठबन्धन देशभर हुने वा नहुने भन्ने अन्योलपूर्ण बनेको छ ।
यता जिल्ला तहमा भने दलहरुले धमाधम नेताहरुको नाम सिफारिस गरेका छन्। कपिलवस्तुमा पनि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उम्मेद्धारहरु सिफारिस गरेका छन् । अहिले सम्म कपिलवस्तुमा माओवादी केन्द्रले उम्मेद्धार सिफारिस गरेको छैन । निर्वाचन क्षेत्रीय समिति तथा कमिटिबाट जिल्ला मा सिफारिस भएका उम्मेद्धारबाट दलहरुले केन्द्रलाई नामावली पठाउने र केन्द्रले कसलाई उम्मेद्धार बनाउने हो त्यो हेर्न बाँकी छ । तर कपिलवस्तु सहित लुम्बिनी प्रदेशका जिल्लाहरुमा दलहरुलाई गत निर्वाचनमा भन्दा फरक खालको चुनावी गठबन्धन र तालमेल सँगै देशभर स्वतन्त्र उम्मेद्धारहरुको प्रभावका कारण यसपटकको निर्वाचन भने सजिलो देखिएको छैन ।
अर्काेतर्फ कपिलवस्तुलाई मात्र हेर्नेहो भने उम्मेद्धारको रुपमा सिफारिस भएका दलका नेताहरु यस अघि नै पटक पटक सासंद, मन्त्री र राज्यका अन्य ठूला पदीय जिम्मेवारी सम्हालेका र जनताले राम्रैसँग चिनेका अनुहार छन । उनीहरुकै नाममा दलले पनि टिकट बाढ्ने निश्चित जस्तै छ । पटक पटक संसद र सत्तामा पुगेका व्यक्तिहरु नै पुनः प्रतिनिधि सभा र प्रदेश सभामा पुग्ने देखिदा यसपटकको नतिजामा कसले बाजी मार्छ भन्ने यसै भन्न नसकिने विश्लेषकहरु बताउँछन् ।
यस्तै पर्टीका विभिन्न तहमा बसेर लामो समय काम गरेका तर सासंद बन्ने रहर भएर पनि अवसर नपाएका केही नेताहरुले यसपटक दलबाट सिफारिस हुदाँ भने दङ्ग छन्। नेताहरु थमाउनका लागि भए पनि निर्वाचन क्षेत्रीय समिति तथा कमिटीहरुले पहिलोपटक उनीहरुलाई सिफारिस गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा तर्फ कपिलवस्तुबाट मात्रै पहिलोपटक सिफारिसमा पर्नेहरु झण्डै एक दर्जन छन् । केन्द्र सम्म पहुँच राख्नेहरुले भने सकेको जोडबल आफुले टिकट पाउनुपर्नेमा छन्। उनीहरु सके सम्म केन्द्रलाई फकाउने रणनितिमा छन्। यता नागरिक स्तरमा भने कुन दलले कसलाई उम्मेद्धार बनाउने हो भन्ने व्यर्ग चासो छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया