

क्यानको आकस्मिक बैठक बस्दै, सन्दीपलाई जिम्मेवारीबाट हटाउने तयारी





काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई कप्तानबाट हटाउने तयारी गरेको छ ।
बुधबार साँझ क्यानको आकस्मिक बैठक बसेर उनलाई निलम्बन गर्ने तयारी भइरहेको हो ।
सन्दीपमाथि लागेको बलात्कारको आरोपसँगै उनको विषयमा निर्णय लिन बैठक बस्न लागेको एक पदाधिकारीले जनाएका छन् । सन्दीपका साथै अन्य एजेण्डामा पनि छलफल गरिने बताइएको छ ।
अध्यक्ष चतुरबहादुर चन्द राजधानी बाहिरा रहेकाले बेलुका सम्ममा काठमाडौं आउने र तत्काल बैठक बस्ने तयारी छ ।
सन्दीपको विषयमा भने पद्धतिअनुसा अघि बढ्ने ती पदाधिकारीले बताए । सन्दीपमाथि आरोप मात्रै लागेको तर प्रमाणित भइनसकेकोले अनुसन्धानमा क्यानले पनि सघाउने जनाएको छ । यद्यपि सन्दीपलाई क्याप्टेबाट भने बैठकबाट हटाइने बताइएको छ ।
सन्दीप क्यारेवियन लिग खेल्न हाल वेष्ट इन्डिजमा छन् । वेष्टे इन्डिज जानु एक दिन अघि आफूलाई विभिन्न प्रलोभन देखाई पिंगलास्थानको एक होटलमा लगेर सन्दीपले बलात्कार गरेको एक नाबालिगले आरोप लगाएकी छन् ।
ती पीडित नाबालिगले मंगलबार नै प्रहरीमा उजुरी दिइसकेकी छन् ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया