

एसिया कप : श्रीलंका सगँ भारत पराजित, सुपर फोरमा भारतको दोस्रो हार





काठमाडौँ एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारतले आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ । मंगलबार भएको खेलमा भारतलाई श्रीलंकाले ६ विकेटले हराएको हो। यो हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ ।
भारतले दिएको १७४ रनको लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ५७ रन बनाए । त्यस्तै पथुम निसंकाले ५२ रनको योगदान गरे । त्यसैगरी दासुन शनाका र भानुका राजापक्षले नटआउट रहँदै क्रमश: ३३ र २५ रन बनाए । भारतका लागि युजवेन्द्र चहलले ३ र रविचन्द्रन अश्वीनले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७२ रन बनाए । ४१ बलमा उनले ५ चौका र ४ छक्काको मद्दतमा उक्त योगफल बनाएका हुन् ।
त्यस्तै सूर्यकुमार यादवले ३४ रन बनाउँदा ऋषभ पन्त र हार्दिक पाण्डयाले भने १७/१७ रन बनाए । पूर्वकप्तान विराट कोहली भने शून्यमै पेभेलियन फर्किएका थिए ।
श्रीलंकाका लागि दिलशान मदुशंकाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै चमिका करुणारत्ने र दासुन शनाकाले २/२ विकेट लिए भने महेश थीक्सानाको नाममा १ विकेट रह्यो ।
भारत यसअघि सुपर फोरको आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । समूह चरणको खेलमा भने भारतले पाकिस्तानलाई ५ विकेटले नै हराएको थियो ।
सुपर ४ अन्तर्गत शीर्ष २ स्थानमा रहने टिमले फाइनल खेल्नेछन् । भारतले अब बिहीबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै पाकिस्तानले बुधबार अफगानिस्तान र शुक्रबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
सुपर ४ मा श्रीलंका २ खेल जित्दै ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै पाकिस्तान २ अंकसहित दोस्रो स्थानमा छ । अफगानिस्तान पनि सुपर फोरको आफ्नो पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।
पाकिस्तान र अफगानिस्तानबीचको नतिजाले खेल नै भारत बाहिरिने वा नबाहिरिने टुंगो लाग्नेछ । यदि उक्त खेल पाकिस्तानले जितेमा भारतलाई झिनो आशा बाँकी रहनेछ । यदि पाकिस्तानले जितेमा भारत बाहिरिनेछ । त्यस्तै श्रीलंकाले पनि पाकिस्तानलाई हराएको अवस्था र भारतले अफगानिस्तानलाई जितेको अवस्थामा मात्रै उसको फाइनल पुग्ने सम्भावना रहन्छ ।


खबर सबै
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख
-
भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न निर्देशन
-
केरल विधानसभा चुनाव : नेतृत्वको अहंकार कि जनताको विद्रोह ? ढल्यो कम्युनिस्टको किल्ला !











प्रतिक्रिया