

पाल्पामा डेँगुको संक्रमण बढ्यो



पाल्पा । पाल्पामा पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ। एक सातामा थप २३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार भदौ १३ देखि १९ गतेसम्म थप २३ जनामा डेंगु संक्रमण भएसँगै यो वर्ष जिल्लामा डेंगु संक्रमितको संख्या ४७ पुगेको छ।
पछिल्लोपटक गरिएको परीक्षणमा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा १० र लुम्बिनी मेडिकल कलेजमा उपचाररत १३ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिए।
आव ०७७र७८ मा डेंगु संक्रमितको संख्या शून्य रहेकोमा गत आर्थिक वर्षमा जिल्लाभर २७ जनामा देखिएको थियो। तर, चालू आर्थिक वर्षको दुई महिना नपुग्दै संक्रमितको संख्या बढेर ४७ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख डा। राजेन्द्र गिरीले बताए।


खबर सबै
-
बिहीबार साँझदेखि शनिबारसम्म ३६ घण्टा सचेत रहन सुझाव
-
अर्नब चक्रवात जमिनी सतहमा प्रवेश, नेपालमा पनि आउन थाल्यो बादल
-
बुटवल–गोरुसिङ्गे सडक : दुई वर्षमा तिस प्रतिशत काम
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनालाई जालसाजी मुद्दा
-
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने







प्रतिक्रिया