

एमालेसँग जिल्ला तहमा सहकार्य हुनसक्छ : राप्रपा अध्यक्ष लिङ्देन





बाँके
राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावमा जिल्लास्तरमा नेकपा एमालेसँग सहकार्य हुनसक्ने बताउनुभएको छ ।
राप्रपा बाँकेले सोमवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आवश्यकताका आधारमा जिल्ला तहमा सहकार्य हुन सक्ने तर कुनै पनि पार्टीसँग देशव्यापी गठबन्धन नहुने स्पष्ट पार्नुभयो । नेकपा एमालेसँग जिल्लास्तरमा सकारात्मक छलफल अघि बढेको भन्दै अहिलेसम्म निष्कर्ष भने नआएकाे उहाँकाे भनाइ छ ।
अघिल्लो चुनावमा जस्तो केही सिटमा उम्मेदवारी दिने र धेरैजसाे क्षेत्रमा खाली हुने अवस्था आउन नदिने अध्यक्ष लिङ्देनले बताउनुभयाे । पार्टीका उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणासहित पत्रकार सम्मेलनमा उपस्थित लिङ्देनले पार्टीका शीर्ष नेताहरूको क्षेत्रमा चुनावी तालमेल स्वाभाविक रहेको बताउनुभयो ।
उहाँले संसद्को आयु चुनावपछिको पहिलो बैठकसम्म कायम गर्न खोज्नु घोर अनैतिक काम भएको टिप्पणी गर्नुभयो ।


खबर सबै
-
एसईईको नतिजा सार्वजनिक गर्ने तयारी, यसरी हेर्न सकिन्छ नतिजा !
-
दर्पण युवा क्लब राजपुरकाे अधिवेशनबाट नयाँ नेतृत्व चयन
-
स्रोत नखुलेको ६ लाख भारतिय रुपैंयासहित दुई जना पक्राउ
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
भलवाडमा ‘सहकारी पसल’ उद्घाटन, दैनिक उपभोग्यदेखि कृषि बिउविजनसम्म अब एउटै थलोमा
-
सानाकिसानद्वारा कृषि यान्त्रिकरण सामग्री वितरण
-
मानवता र सेवाभाव फैलाउँदै युनाइटेड स्टुडेन्ट एकेडेमीका विद्यार्थी
-
टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार श्रीमतीको मृत्यु श्रीमान् घाइते
-
बुटवलमा भूमिहीन तथा सुकुमबासीहरूले गरे प्रदर्शन, सरकार ‘निरंकुश’ शैलीमा अघि बढेको आरोप
-
स्वास्थ्य प्रतिष्ठानहरू नेतृत्वविहीन बनेपछि तोकिए निमित्त प्रमुख











प्रतिक्रिया