कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि चार नेताहरु सिफारिश

कपिलवस्तु । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर १ क्षेत्रीय समिति र प्रदेश समितिले आगामी निर्वाचनका लागि उम्मेद्धारहरुको नाम सिफारिश गरी पठाएको छ । आइतबार बसेको संयुक्त बैठकले संघीय सांसदका लागि ४ जना उम्मेदवारहरु सिफारिस गरेको छ ।

बैठकले पहिलो नम्बरमा नेता दीप कुमार उपाध्यायलाई निर्वाचन क्षेत्र नम्बर १ मा अगाडी सारेको छ भने यही क्षेत्रको दोस्रो नम्बरमा महाधिवेशन प्रतिनिधि कांग्रेस नेता मेवालाल यादव, तेस्रो नम्बरमा कपिलवस्तु क्षेत्र नं। १ का सभापति दुर्गा बहादुर के.सी र चौथो नम्बरमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवम् समानुपातकि सांसद अतहर कमाल मुसालमानलाई सिफारिश गरेको नेपाली कांग्रेसले जनाएको छ ।

यस्तै प्रतिनिधि सभाको समानुपातिक तर्फ, खस आर्य तर्फ पहिलो नम्बरमा कमलेश शर्मा, दोस्रोमा लोकनाथ शर्मा, तेस्रोमा युवराज केसी रहेका छन् । मेधसी तर्फ जेसराम यादवलाई सिफारिस गरिएको छ भने मुस्लिम महिला तर्फ पहिलो समिरन मिया, दोस्रोमा देवकला सुवेदी कमाललाई सिफारिस गरिएको क्षेत्रीय सचिव विजय खनालले जानकारी दिए ।

प्रतिक्रिया

खबर सबै