

संसदबाटै लिङ्देनद्धारा सासंद पद त्यागेको घोषणा



काठ्माडौँ । प्रतिनिधि सभा सदस्य तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागको घोषणा गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद्को आयु लम्ब्याउने अनैतिक कार्यमा आफू सहभागी नहुने बताएका हुन् ।
उनले, ‘अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवा सुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद् सचिवालयलाई आग्रह समेत गरेका छन् ।’1
बैठकमा बोल्दै लिङ्देनले भनेका थिए, ‘अब भत्ता पकाउन मात्रै संसद् बैठकमा आउँदिन भनेर आउन छाडेको पनि थिएँ । तर, पछिल्लो दिनमा संसद्को आयु मङ्सिर ४ पछि पनि कायम राख्ने भन्ने ढंगको निर्णय गर्ने प्रक्रिया प्रारम्भ भएको थाहा पाएर आफ्नो कुरा राख्न आएको हुँ ।’
उनले संसद्को आयु लम्ब्याउने कुराले आफूलाई असाध्यै लज्जित र दुःखी तुल्याएको बताए । ‘यहीँबाट घोषणा गर्न चाहन्छु, आजबाट सांसदको रूपमा म यहाँ उपस्थित हुने छैन मात्र होइन मेरो नाममा पठाइने तलब, भत्ता, सुविधासमेत रोक्का गरियोस्, कहीँ लेखेर दिनुपर्छ भने नियमअनुसार लेखेर पनि दिन्छु ।’
उनले मङ्सिर ४ पछि पनि संसद्को आयु कायम राख्ने अनैतिक काममा सहभागी हुन आफ्नो आत्माले नमानेको उल्लेख गरे ।
यता सरकारले संसदको आयु आगामी चुनावपछि नयाँ संसदको बैठकसम्म लम्ब्याउने उद्देश्यले कानुनको तर्जुमा गरिरहेको छ । सोही विषयको विरोधमा लिङ्देनले राजीनामा दिएका हुन् ।


खबर सबै
-
‘कालो केश’मा असिम क्षेत्रीको फरक अवतार, दर्शकको रोजाइमा नयाँ गीत
-
एकैदिन तोलामा ३६ सय रूपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?
-
लुम्बिनी प्रदेशमा आजदेखि संविधान दिवसका कार्यक्रम सुरु
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
सालझन्डी–ढोरपाटन सडक ट्र्याक खुल्यो, बनेन पक्की
-
३० बलमै शतक ठोकेर भारतीय ओपनर अभिषेक शर्माले तोडे विश्व कीर्तिमान
-
नयाँ डिजाइनको ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा
-
भारत लैजान लागिएका दुई किशोरीको नरैनापुरबाट उद्धार
-
अफवाह नफैलाउन र धार्मिक सहिष्णुता कायम राख्न कपिलवस्तु प्रशासनको अपिल
-
कृष्णभीरको सडक खुलेसँगै काठमाडौँ उपत्यकामा ग्यास पूर्ववत मूल्यमै बिक्री हुने






प्रतिक्रिया